Trending
Prev Story
Next Story

दशाैँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको ड्र सार्वजनिक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions 4 comments

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । पुरुष फुटबलको खेलतालिका आइतबार सार्वजनिक गरिएको हो । दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भएपनि पुरुष फुटबलको प्रतिस्पर्धा मंसिर …

1 / 2
Swipe Photos

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । पुरुष फुटबलको खेलतालिका आइतबार सार्वजनिक गरिएको हो ।

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भएपनि पुरुष फुटबलको प्रतिस्पर्धा मंसिर ८ गते देखि नै हुनेछ ।

पुरुष फुटबलको उद्घाटन खेल मंसिर ८ गते सुर्खेतस्थित रंगशालमा हुनेछ भने फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार समूह चरणका खेलहरु सुर्खेतमा हुने तय छ भने सेमिफाइनल र फाइनल खेलको स्थान तोकिएको छैन । सुरुमा सुर्खेतमै फुटबलका सबै खेल गर्ने तय थियो । तर राष्ट्रिय खेलकुद परिषदले शनिबार सार्वजनिक गरेको ३२ खेलको खेलतालिका र खेल स्थलमा पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा गर्ने उल्लेख छ । यद्यपी फुटबल ड्र मा भने सेमिफाइनल र फाइनल खेलस्थल राखिएको छैन ।

पुरुष फुटबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा नेपाल पुलिस क्लब, गण्डकी र कर्णाली प्रदेश छन् । समूह बी मा एपीएफ, मधेश र सुदूरपश्चिम छन् भने समूह सी मा त्रिभुवन आर्मी क्लब, कोशी, बागमती र लुम्बिनी प्रदेश छन् ।

तीनवटै समूहको समूह विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछन् । यस्तै समूह सी बाट समूह विजेतासँगै समूह उपविजेता पनि सेमिफाइनल प्रवेश गर्नेछन् । ,

सेमिफाइनलमा समूह ए को विजेताले समूह सी को उपविजेतासँग र समूह बी को विजेताले समूह सी को विजेतासँग खेल्नेछ ।

सेमिफाइनलमा विजयी टोलीहरुले स्वर्ण पदकका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने पराजित टोलीहरुले कांस्य पदकका लागि खेल्नेछन् ।

नवौँ राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको स्वर्ण एपीएफले जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
17h ago
दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलको खेलतालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलको खेलतालिका सार्वजनिक

८ मंसिरको पहिलो खेलमा कर्णाली र पुलिस क्लब भिड्ने, प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

#पुरुष #मंसिर #खेलकुद
Compare →
Hamro Patro News
1d ago
‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प...

#खेलकुद #मंसिर
Compare →
Nagarik News
19h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन्।

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612