Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुदको रौनक हराउँदै, न ट्रफी टुर न ओलम्पिक टर्चको व्यापकता

Ekantipur •
November 23, 2026 • 01:02 AM
2
2 reads 0 reactions

ओलम्पिक टर्चलाई पनि प्रदेश र समुदायसम्म व्यापक रूपमा पुर्‍याउने तयारी देखिएको छैन। त्यसमाथि प्रतियोगिताको मिति पटक–पटक परिवर्तन हुँदा खेलाडी अन्योलमा छन्। खेलकुदको महाकुम्भ नजिकिँदै गर्दा हुनुपर्ने रौनक भने देखिएको छैन।

राष्ट्रिय खेलकुदको रौनक हराउँदै, न ट्रफी टुर न ओलम्पिक टर्चको व्यापकता

ओलम्पिक टर्चलाई पनि प्रदेश र समुदायसम्म व्यापक रूपमा पुर्‍याउने तयारी देखिएको छैन। त्यसमाथि प्रतियोगिताको मिति पटक–पटक परिवर्तन हुँदा खेलाडी अन्योलमा छन्। खेलकुदको महाकुम्भ नजिकिँदै गर्दा हुनुपर्ने रौनक भने देखिएको छैन।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन केही दिन मात्रै बाँकी रहँदा पनि खेलाडी र खेलप्रेमीमा उत्साह जगाउने गतिविधि हुन सकेका छैनन्। प्रतियोगिताको प्रचारप्रसार र खेलाडीलाई प्रेरित गर्ने उद्देश्यले गरिने ट्रफी टुर यसपटक भएन।

ओलम्पिक टर्चलाई पनि प्रदेश र समुदायसम्म व्यापक रूपमा पुर्‍याउने तयारी देखिएको छैन। त्यसमाथि प्रतियोगिताको मिति पटक–पटक परिवर्तन हुँदा खेलाडी अन्योलमा छन्। खेलकुदको महाकुम्भ नजिकिँदै गर्दा हुनुपर्ने रौनक भने देखिएको छैन।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना हुँदा प्रतियोगिताभन्दा एक दुई महिनाअघि नै ट्रफी टुर सुरु गरिएको थियो। ट्रफीलाई विभिन्न स्थानमा पुर्‍याएर खेलाडी र खेलप्रेमीलाई प्रतियोगितासँग जोड्ने प्रयास गरिएको थियो।

ट्रफी विभिन्न प्रदेश र स्थानमा पुर्‍याउँदा प्रतियोगिताको प्रचारसँगै खेलाडीमा उत्साह जगाउने अपेक्षा गरिएको थियो। तर दसौं राष्ट्रिय खेलकुदमा भने सातवटै प्रदेशमा ट्रफी पुर्‍याउने योजना कार्यान्वयन हुन सकेन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सचिव रामचरित्र मेहताले भने यसपटक ट्रफीलाई प्रदेश प्रदेश घुमाउन आवश्यक नरहेको तर्क गरेका छन्।

अहिले सामाजिक सञ्जाललगायतका माध्यमबाट सातवटै प्रदेशमा प्रतियोगिताको प्रचार भइरहेको उनको दाबी छ। ‘किन ट्रफी लिएर एउटा प्रदेशदेखि अर्को प्रदेश डुलाउनुपर्‍यो? अहिले समय परिवर्तन भएको छ। हामीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यम प्रयोग गरेर सातवटै प्रदेशमा व्यापक प्रचार गरिरहेका छौँ,’ उनले भने।

यसअघि सातवटै प्रदेशमा ट्रफी पुर्‍याउने गरी बजेट छुट्याइएको भए पनि यसपटक अघिल्लोजस्तो कार्यक्रम हुन सकेन। एक ओलम्पियन भने ट्रफी टुरलाई प्रचार–प्रसारसँगै खेलाडीमा उत्साह र खेलप्रतिको भावना जगाउने महत्त्वपूर्ण माध्यम मान्छन्। उनका अनुसार ट्रफी खेलाडी र खेलप्रेमीमाझ पुर्‍याउँदा प्रतियोगिताप्रति अपनत्व बढ्छ। ट्रफी देख्दा र छुँदासमेत खेलाडीले प्रतियोगिताको महत्त्व महसुस गर्ने र त्यसले खेलमा प्रेरणा दिने उनको भनाइ छ।

‘ट्रफी देख्दा र छुँदा पनि खेलाडीले प्रतियोगितालाई महसुस गर्न सक्छन्। यसले खेलाडीलाई प्रेरित गर्नुका साथै खेलप्रेमीमा पनि खेलप्रतिको भावना जगाउँछ,’ उनले भने। नवौँ राष्ट्रिय खेलकुदमा प्रतियोगिताभन्दा एक दुई महिनाअघिदेखि नै ट्रफी टुर गरिएको स्मरण गर्दै उनले यसपटक प्रतियोगिता सुरु हुन लाग्दासमेत त्यस्तो गतिविधि नहुनु दुःखद भएको बताए।

ट्रफी टुर नहुँदा खेलाडीमा प्रतियोगिताप्रतिको उत्साह र अपनत्व जगाउने अवसर गुमेको उनको भनाइ छ। ओलम्पिक टर्चलाई पनि सबै प्रदेश र जिल्लामा पुर्‍याएर खेलकुदको वातावरण बनाउने प्रयास प्रभावकारी हुन सकेको छैन। यसअघि शान्ति दीप लुम्बिनीबाट ल्याउने गरिएकोमा यसपटक दैलेखबाट ल्याउने तयारी छ। तर टर्चलाई सीमित स्थानमा मात्रै नराखी विभिन्न प्रदेश र समुदायसम्म पुर्‍याउनुपर्ने आवाज उठेको छ।

खेलाडीले मात्र टर्च बोकेर हिँडेर खेलकुदको माहोल नबन्ने भन्दै यसलाई आम नागरिक र खेलप्रेमीसँग जोड्नुपर्ने ओलम्पियनको भनाइ छ। प्रतियोगिताको मिति पटकपटक परिवर्तन हुँदा खेलाडीमा अन्योल र तनावसमेत बढेको छ। खेलाडीले निर्धारित मितिअनुसार प्रशिक्षण र तयारी गर्ने भए पनि खेल तालिका निश्चित नहुँदा उनीहरूको तयारी प्रभावित हुने गरेको छ।

प्रतियोगिता सुरु हुनुअघि नै संयोजक तोकेर आवश्यक तयारी अघि बढाउने अभ्यास भए पनि यसपटक जिम्मेवारी र व्यवस्थापनका विषयमा समेत प्रश्न उठेका छन्। खेलकुदको महाकुम्भ आयोजना गर्नु प्रतियोगिता सञ्चालनमा मात्र सीमित हुँदैन। त्यसअघि नै ट्रफी टुर, ओलम्पिक टर्च र प्रचारप्रसारका गतिविधिमार्फत खेलाडी तथा दर्शकमा उत्साह सिर्जना गर्न आवश्यक हुन्छ। तर दसौं राष्ट्रिय खेलकुदमा यस्ता गतिविधि प्रभावकारी हुन नसक्दा प्रतियोगिताको रौनक र खेलाडीमा जगाउनुपर्ने उत्साहबारे प्रश्न उठेको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव

ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव

आगामी आठ गतेदेखि सुरु हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक टर्च दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट ल्याउनुपर्ने स्थानीयले सुझाव दिएका छन्।

#खेलकुद #ओलम्पिक #टर्च
Compare →
Hamro Patro News
15h ago
दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विका...

#खेलकुद
Compare →
Onlinekhabar
2d ago
राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने खेलकुदमन्त्री पोखरेलको प्रतिबद्धता

राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने खेलकुदमन्त्री पोखरेलको प्रतिबद्धता

६ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी गराउँदै उनले विगतमा देखिएको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै …

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612