Trending
Prev Story
Next Story

ट्रम्पसँगको भेट अस्वीकारपछि किम जोङ उनद्वारा ‘सार्वभौमसत्ता’ मा जोड

Ekantipur •
November 23, 2026 • 07:03 AM
5
5 reads 0 reactions

गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए

ट्रम्पसँगको भेट अस्वीकारपछि किम जोङ उनद्वारा ‘सार्वभौमसत्ता’ मा जोड

गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए

सोल — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्ता प्रस्ताव अस्वीकार गरेको केही दिनमै उत्तर कोरियाली नेता किम जोङ उनले सार्वभौमसत्ताको रक्षा गर्दै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।

रुसलगायत विभिन्न देशका नवनियुक्त राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझ्ने समारोहमा सोमबार किमले यस्तो धारणा राखेका हुन् ।

सामान्यतया वरिष्ठ अधिकारीले गर्ने उक्त कार्यमा किम स्वयं सहभागी हुनुलाई कूटनीतिक प्रोटोकलमा दुर्लभ परिवर्तन मानिएको छ ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार राष्ट्रिय सुरक्षाको सिद्धान्तमा रही स्वतन्त्रता, शान्ति र मित्रताको आदर्शमा सम्बन्ध विकास गर्नु प्योङयाङको लक्ष्य रहेको किमले बताए ।

गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए ।

समारोहमा किमले विश्वभर सुरक्षा संकट तथा राजनीतिक र आर्थिक अराजकता देखिएको टिप्पणी गरे । वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका कारण राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाप्रतिको बुझाइमा ठूलो परिवर्तन आएको उनले उल्लेख गरे ।

क्योङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल-चुलका अनुसार ट्रम्पको प्रस्तावलाई बेवास्ता गर्दै राजदूतहरूको स्वागत गर्नुले उत्तर कोरिया ‘बहुध्रुवीय सार्वभौमसत्तामा आधारित कूटनीति’ तर्फ अघि बढेको संकेत गर्छ ।

यसअघि ट्रम्पको पहिलो कार्यकालमा भएका शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न ठोस सहमति जुटाउन सकेको थिएन ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले रुससँगको सम्बन्ध थप मजबुत बनाउँदै युक्रेन युद्धमा सैन्य सहयोगसमेत पठाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
6h ago
किम जोङले ट्रम्पको फोन उठाएनन्, पत्रसमेत फर्काइदिए

किम जोङले ट्रम्पको फोन उठाएनन्, पत्रसमेत फर्काइदिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई फोन गरे पनि उनले कुनै जवाफ दिएनन्।

#किम #ट्रम्प #जोङ
Compare →
Hamro Patro News
5h ago
उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवादका लागि गरेको प्रयास असफल भएको छ । ट्रम्पले फोनमार्फत सम्पर्क गर्न खोज्दा किमले कुनै प्रतिक्रिया नदिएको र पठाएक...

#किम #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612