काठमाडौं। नेपाली बजारमा पछिल्लो समय लगातार घटेको सुन–चाँदीको मूल्यमा आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।