Trending
Prev Story
Next Story

गलकोटलाई खुला भलिबल उपाधि

Nagarik News •
November 23, 2026 • 03:31 AM
2
2 reads 0 reactions

हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजना गरिएको पालिकास्तरीय खुला पुरुष भलिबलको उपाधि नरेठाँटी भलिबल क्लब गलकोटले जितेको छ।

गलकोटलाई खुला भलिबल उपाधि

हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजना गरिएको पालिकास्तरीय खुला पुरुष भलिबलको उपाधि नरेठाँटी भलिबल क्लब गलकोटले जितेको छ।

गलकोटले आइतबार भएको फाइनलमा जैमिनी नगरपालिकालाई ३–१ ले हराउँदै उपाधि चुमेको हो। फाइनल खेलको पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै ३–१ को जित निकाल्न सफल भयो।

पहिलो सेट २६–२४ ले जित्न सफल भएको जैमिनी नगरपालिका दोस्रो सेट सम्हालिन नसक्दा २५–१९ ले गुमाउन पुग्यो। तेस्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेट पोइन्टमा पुगेको जैमिनी सेट जित्नबाट चुक्यो। २४–२१ को अवस्थाबाट पुरागमन गर्दै गलकोटले तेस्रो सेट पनि २९–२७ ले आफ्नो पक्षमा पार्न सफल भयो।

गलकोटले चौथो सेट २५–२१ ले जित्दै उपाधि हात पार्न सफल भयो। उपाधि जितेको नरेठाँटी भलिबल क्लब, गलकोटले नगद एक लाख ५० हजार जित्दा जैमिनी नगरपालिकाले नगद एक लाख प्राप्त गर्‍यो। तेस्रो भएको कुस्मा नगरपालिकाले ५० र सान्त्वना भएको बागलुङ नगरपालिकाले नगद २५ हजार प्राप्त गरे।

प्रकाशित: ७ मंसिर २०८३ ०९:१६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
16h ago
पालिका स्तरीय भलिबलमा गलकोटको जित

पालिका स्तरीय भलिबलमा गलकोटको जित

हरिबोधिनी एकादशी मेलाअन्तर्गत आयोजित प्रतियोगिताको फाइनलमा गलकोटले जैमिनीलाई हराउँदै एक लाख ५० हजार रुपैयाँ जित्यो।

#गलकोट #भलिबल #जैमिनी
Compare →
Hamro Patro News
1w ago
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँ...

#उपाधि #भलिबल
Compare →
Bizshala
1d ago
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

#उपाधि
Compare →
Arthasansar
1d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#उपाधि
Compare →
Onlinekhabar
2d ago
उतारचढाव पार गर्दै सुदूरपश्चिमले जितेको ऐतिहासिक उपाधि

उतारचढाव पार गर्दै सुदूरपश्चिमले जितेको ऐतिहासिक उपाधि

६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सका लागि सहज रहेन। पहिलो खेलमै पराजय, वर्षाले प्रभावित खेलमा पाँच ओभरमा झारिएको प्रतिस्पर्धा र त्यससँगै जोडिएको विवाद, लिग चरणको लगातार चार जित, …

#उपाधि
Compare →

Related Stories

Sports
Build #2612