Trending
Prev Story
Next Story

कोप ३१ अनिर्णयको बन्दी

Nagarik News •
November 23, 2026 • 03:43 AM
2
2 reads 0 reactions

मानव अस्तित्वका लागि चुनौती बनेको जलवायु संकट समाधानमा ठोस निर्णय गर्न र आशा जगाउन भूमध्यसागरको किनारमा रहेको सुन्दरतम सहर अन्तल्यामा आयोजित जलवायु सम्मेलन अपेक्षित नतिजाबिना टुंगिएको छ।

कोप ३१ अनिर्णयको बन्दी

मानव अस्तित्वका लागि चुनौती बनेको जलवायु संकट समाधानमा ठोस निर्णय गर्न र आशा जगाउन भूमध्यसागरको किनारमा रहेको सुन्दरतम सहर अन्तल्यामा आयोजित जलवायु सम्मेलन अपेक्षित नतिजाबिना टुंगिएको छ।

सम्मेलनको अन्त्यमा अध्यक्षका तर्फबाट जारी गरिने निर्णय ‘कभर डिसिजन’समेत यसपटक जारी नहु्ने भएको छ। अध्यक्षका तर्फबाट जारी गरिएको ‘अन्तल्या प्याक्ट’ नाम दिइएको ‘कभर डिसिजन’को चौथो मस्यौदाले विश्वव्यापी तापमान वृद्धिलाई रोक्न असफल भएको भन्दै इयु, पनामा, नर्वे, मार्सल आइल्यान्ड, बेलायतका साथै अल्पविकसित राष्ट्रको समूहले त्यसलाई ‘अस्वीकार’ गरेका थिए।

पहिलोपटक दुई वटा देश (टर्की र अस्ट्रेलिया) ले संयुक्त रूपमा यो सम्मेलनको आयोजना गरेका थिए। मस्यौदा निर्णय पारित नहुनुलाई संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनका आयोजक रहेका दुवै राष्ट्रको कूटनीतिक असफलताका रूपमा हेरिएको छ। सहअध्यक्षका रूपमा अस्ट्रेलियाले जलवायु वार्ताको संयोजन गरेको थियो भने सम्मेलनस्थल टर्कीमा थियो।

विश्वमा जलवायु परिवर्तनको संकट झन् गहिरिँदै गएको र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य संकटमा परेको पृष्ठभूमिमा टर्कीको अन्तल्यामा सम्मेलन आयोजना भएको थियो।

विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताको लक्ष्य, जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने प्रतिबद्धता, विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकलाई उपलब्ध गराउने वित्तीय सहायता, अनुकूलन र जलवायुजन्य क्षति तथा नोक्सानीको सम्बोधन जस्ता सम्मेलनका प्रमुख विषयमा मुलुकहरूबिच सहमति जुट्न सकेनन्।

अनुकूलनका लागि विकासशील मुलुकलाई वार्षिक १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावसमेत अन्तिम मस्यौदाबाट हटाइएको छ।

यसैगरी जलवायु संकटको सामना गर्न सबैभन्दा बढी प्रभावित मुलुकलाई आवश्यक पर्ने वित्तीय सहयोग र न्यायपूर्ण ऊर्जा संक्रमणका विषयमा पनि यसपटक अपेक्षित प्रगति हुन सकेन।

कतिपय जलवायु अभियन्ता र जलवायु न्यायका कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाले यो सम्मेलनलाई इतिहासकै असफल सम्मेलनको संज्ञा दिएका छन्। इयुका प्रतिनिधिलगायत यी संस्थाहरूले कोप–३१ लाई तेल उत्पादन गर्ने राष्ट्रले अपहरण गरेको आरोप लगाएका छन्।

विशेष गरी जीवाश्म इन्धनको प्रयोग घटाउँदै त्यसबाट बाहिरिने स्पष्ट प्रतिबद्धता गर्ने विषयमा निर्णय नभएको उनीहरूको विरोध गरेका हुन्। टर्कीको पर्यटकीय सहर अन्तल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) सहभागिताका दृष्टिले इतिहासकै ठुलो जलवायु सम्मेलन बनेको थियो।

सम्मेलनमा ९२ हजारभन्दा बढी प्रतिनिधिले भौतिक सहभागिताका लागि नाम दर्ता गराएका थिए। सम्मेलनका क्रममा सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार दर्ता हुनेको संख्या एक लाख १९ हजार नाघेको थियो।

यसैगरी यो इतिहासकै धेरै लामो समयसम्म चलेको सम्मेलन बनेको छ। यसअघि सन् २०१९ मा स्पेनको म्याड्रिडमा भएको कोप–२५ मा सदस्य राष्ट्रहरूबिच सहमति जुट्न नसक्दा निर्धारित समयभन्दा थप दुई दिन र दुई रात वार्ता लम्बिएको थियो। अन्ततः विभिन्न पक्षबिच सम्झौता भएपछि मात्रै वार्ता टुंगिएको थियो।

नेपालका तर्फबाट समापन प्लेनरीमा बोल्दै कोप–३१ को समापन पूर्ण सत्रमा नेपालको कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले वार्ता प्रक्रियामा अध्यक्षताको प्रयासप्रति आभार व्यक्त गर्दै अन्तिम निर्णयमा पनि नेपालले प्राप्त गरेको ऐक्यबद्धता प्रतिबिम्बित हुनुपर्ने बताएका थिए। ‘सबै पक्षलाई थाहै छ, नेपाल आशा र अपेक्षा बोकेर अन्ताल्या आएको थियो। वार्ताका क्रममा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट उल्लेखनीय ऐक्यबद्धता प्राप्त गर्‍यो। अब सदस्य राष्ट्रहरूबिच हुने अन्तिम निर्णयमा पनि त्यही ऐक्यबद्धता प्रतिबिम्बित भएको देख्न नेपाल चाहन्छ,’ उनले भनेका थिए।

सम्मेलनको अन्त्यमा अध्यक्षका तर्र्फबाट जारी हुने कभर डिसिजन जारी हुन नसकेपछि पर्वतीय मुद्दालाई संस्थागत रूपमा अघि बढाउन यसअघि अगाडि बढेको कार्ययोजनासम्बन्धी प्रस्ताव पनि संकटमा परेको छ।

आइतबार सबेरै कोपका अध्यक्षताको तर्फबाट पर्वत र जलवायु प्रस्तावित गरिएको चौथो मस्यौदा निर्णयमा पर्वत र जलवायु परिवर्तनलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धि (युएनएफसिसिसी) अन्तर्गतका कार्यन्वयनसंम्बन्धी सहायक निकाय (एसबिआई) र वैज्ञानिक तथा प्राविधिक परामर्शसम्बन्धी सहायक निकाय (एसबिएसटिए) अन्तर्गतको कार्ययोजनामा राखिने उल्लेख थियो।

अध्यक्षका तर्फबाट ‘कभर डिसिजन’ जारी नहुँदा पर्वत र जलवायु परिवर्तनसम्बन्धी कार्ययोजना अगाडि नबढे पनि सहायक निकायका तर्फबाट यी विषयमा अनुसन्धान र संवाद गर्ने निर्णय कायम रहेको कृषि, वन तथा पर्यावरणमन्त्रीका सल्लाहकार अभिषेक श्रेष्ठले बताए।

प्रकाशित: ७ मंसिर २०८३ ०९:२८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
कोप-३१ मा किन हुन सकेन सम्झौता?

कोप-३१ मा किन हुन सकेन सम्झौता?

अन्ताल्या । टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ‘कोप-३१’ मा जीवाश्म इन्धन र आर्थिक सहायताका विषयमा गम्भीर मतभेद उत्पन्न भएपछि जलवायु परिवर्तन रोकथामसम्बन्धी नयाँ सम्झौता हुन सकेन। ...

#जलवायु #सम्मेलन #कोप
Compare →
Bizshala
9h ago
जीवाश्म इन्धनको विवादले कोप-३१ को मुख्य सम्झौता रोकियो, नेपालको हिमाली एजेन्डा पनि मस्यौदामै

जीवाश्म इन्धनको विवादले कोप-३१ को मुख्य सम्झौता रोकियो, नेपालको हिमाली एजेन्डा पनि मस्यौदामै

काठमाण्डौ । कोइला, तेल र प्राकृतिक ग्यासमाथिको निर्भरता घटाउने विषयमा मतभेद चर्किएपछि संयुक्त राष्ट्रसंघीय जलवायु...

#जलवायु #सम्मेलन #कोप
Compare →
Onlinekhabar
2d ago
कोप–३१ : मुख्य एजेण्डामा सहमति जुटेन, जलवायु न्याय र जवाफदेहिता शून्य

कोप–३१ : मुख्य एजेण्डामा सहमति जुटेन, जलवायु न्याय र जवाफदेहिता शून्य

७ मंसिर, अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र …

#जलवायु #सम्मेलन #कोप
Compare →
Ekantipur
19h ago
कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

#जलवायु #कोप
Compare →

Related Stories

Technology
Build #2612