बझाङ– चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ ।
समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस क्षेत्रको मुख्य आकर्षण हो । तीन हजार ९०० मिटर उचाइमा अवस्थित आधार शिविर क्षेत्रबाट हिमशृङ्खलाको भव्य स्वरूप नजिकैबाट नियाल्न सकिन्छ । विशाल पाटन, निलो ताल, हिमनदीबाट निसृत जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको सुन्दरता थपेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )