Trending
Prev Story
Next Story

कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसीसीसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ । यो निर्णय औपचारिक रूपमा पारित …

कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने

६ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसीसीसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ ।

यो निर्णय औपचारिक रूपमा पारित भएसँगै पहिलो पटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले युएनएफसीसीसी प्रक्रियामा आफ्नै छुट्टै र औपचारिक स्थान पाउने छन् ।

सम्मेलन निर्धारित समय (यही नोभेम्बर ९ देखि २०) भन्दा केही दिन पछिसम्म लम्बिएको र अझै अन्तिम निर्णय सार्वजनिक नभएको युएनएफसीसीसीको सचिवालयले जनाएको छ ।

वार्तामा पक्ष राष्ट्रहरूबीच हिमालसम्बन्धी विषयमा सहमति भइसकेको छ । यसको औपचारिक स्वीकृति र घोषणा कोप–३१ को समापन पूर्ण बैठकमा कोप निर्णयको रूपमा हुन बाँकी छ ।

सगरमाथाको देश नेपालका लागि यो निर्णय एउटा कोसेढुङ्गा हो । नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

सम्मेलनमा हालसम्म भएको सहमतिअनुसार प्रस्तावित निर्णयको अनुच्छेद २२ र २३ मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विषय समेटिएको छ । जसअनुसार हिमाली क्षेत्र, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदाय जलवायु परिवर्तनको प्रतिकूल प्रभावप्रति अत्यन्त जोखिममा रहेको विषय सम्मेलनले औपचारिक रूपमा स्वीकार गरेको छ ।

त्यस्तै कार्यान्वयनसम्बन्धी सहायक निकाय (एसबीआई) र वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी सहायक निकाय (एसबीएसटीए)अन्तर्गत दुई वर्षे ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गरिएको छ ।

यसले अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्याङ्क तथा अवलोकन र पूर्वसूचना प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथा प्राविधिक सल्लाह दिने निकायका ६६औँ र ६८औँ बैठक (एसबीएसटीए ६६ र एसबीएसटीए ६८) मा ‘हिमाल तथा जलवायु परिवर्तन संवाद’ आयोजना गरिनेछ ।

उक्त संवादको निष्कर्षसहितको प्रतिवेदन कोप–३३ र पेरिस सम्झौताका पक्ष राष्ट्रहरूको दशौँ बैठक (सीएमए १०) मा पेस गरिनेछ ।

साथै कोप–३२ मा अध्यक्षताको मार्गदर्शनमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय संवाद गरिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11m ago
कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

#जलवायु #हिमाल #कोप
Compare →
Nagarik News
1h ago
कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव

कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव

निर्धारित समयभन्दा २ दिन लम्बिएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) ले पर्वतीय मुद्दा संस्थागत रूपमा अघि बढाउन २ बर्से कार्ययोजना प्रस्ताव गरेको छ।

#जलवायु #कोप #परिवर्तन
Compare →
Hamro Patro News
5d ago
कोप–३१ को पहिलो साता : हिमाल र जलवायु परिवर्तनको मुद्दाबारे के भयो निर्णय ?

कोप–३१ को पहिलो साता : हिमाल र जलवायु परिवर्तनको मुद्दाबारे के भयो निर्णय ?

अन्ताल्या (टर्किए) / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ ।

#जलवायु #हिमाल #परिवर्तन
Compare →
Bizshala
3d ago
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2612