Trending
Prev Story
Next Story

दुई दिने ‘पाल्पा हेरिटेज राइड’ साइकलयात्रा सकियो

Ekantipur •
November 23, 2026 • 02:32 AM
2
2 reads 0 reactions

१८ जिल्लाका १ सय ८० भन्दा बढी साइकलयात्रीले पाल्पाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन्।

दुई दिने ‘पाल्पा हेरिटेज राइड’ साइकलयात्रा सकियो

१८ जिल्लाका १ सय ८० भन्दा बढी साइकलयात्रीले पाल्पाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन्।

पाल्पा — दुई दिने ‘पाल्पा हेरिटेज राइड’ साइकल यात्रा आइतबार सकिएको छ । तानसेनदेखि सुरु भएको साइकल यात्रा निस्दी गाउँपालिकाको झिरुवास काउलेडाँडा हुँदै रामपुर पुगेर समापन गरिएएको हो । यात्रामा १८ जिल्लाका १ सय ८० भन्दा बढी साइकलयात्रीको सहभागिता रहेको थियो ।

पाल्पा जिल्ला साइक्लिङ संघले आयोजना गरेको साइकल यात्रामा तानसेन नगरपालिका, बगनासकाली, माथागढी, रम्भा, पूर्वखोला, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिकाका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरिएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले ‘पाल्पा हेरिटेज राइड–२०८३’ आयोजना गरिएको संघले जनाएको छ । साइकलयात्री सहभागी यात्राले जिल्लाको पूर्वी भेगका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । ग्रामीण पर्यटनलाई सहयोग पुग्नेगरी राखिएको साइकल यात्रा अन्तर्गत नेपालकै सबैभन्दा ठूलो कवुलियती वन अन्तर्गत ५० लाख अम्लिसो रोपण गरिएको क्षेत्रमासमेत पुगेका थिए ।

स्थानीय मगर संस्कृतिका साथै खानपिनमा सहभागी हुन पाउँदा साइकल यात्री खुसी भएको आयोजकले जनाएको छ । साइकल यात्राका सहभागीहरुलाई पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप राना, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, आयोजक पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जन लगायतले मेडल प्रदान गरे । ग्रामीण पर्यटनलाई आगामी दिनमा अझ बढावा दिन र क्षेत्र नं १ का पर्यटकीयस्थललाई चिनाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य रानाको सहयोगमा साइकल यात्रा गरिएको हो । साइकल यात्रालाई तानसेन नगरपालिका र रामपुर नगरपालिका साथै निस्दी र पूर्वखोला गाउँपालिकाका साथै नेपाल दर्शन प्रालि प्रवर्द्धक रहेका थिए ।

ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई साइकल यात्रामार्फत देशविदेशमा चिनाउने उद्देश्यले राखेको तेस्रो संस्करणको हेरिटेज राइडले ग्रामीण पर्यटनलाई प्रवर्द्धन गरेको प्रतिनिधिसभा सदस्य रानाले बताए । प्रतिनिधिसभा सदस्य रानाले ग्रामीण भेगका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न साइकल यात्रा उपयोगी हुने बताए । यसले स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसाय बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

‘मेरो सांसद, मेरो अधिकार’ कार्यक्रमअन्तर्गत पनि यात्राका लागि सहयोग गरिएको उनले बताए । रामपुर नगरपालिकाका नगरप्रमुख थापाले कालीगण्डकी नदीको किनारै किनार ४२ किलोमिटर क्षेत्रमा पैदल तथा साइकल यात्रा गर्ने गरी पैदलमार्ग निर्माण भइरहेको बताए । उनले यही पैदलमार्गमा साइकल यात्रा कार्यक्रम राखिने उनले बताए ।

संघका अध्यक्ष रुपेशमान महर्जनका अनुसार यात्रामा ११ महिलासहित १ सय ८० भन्दा बढी साइकलयात्री सहभागी थिए । काठमाडौं, रूपन्देही, झापा, नवलपुर, बारा, मकवानपुर, नवलपरासी, लमजुङ, कञ्चनपुर, बाँके, नवलपुर, स्याङ्जा, कास्कीलगायत १८ जिल्लाबाट साइकलयात्री आएका थिए । विभिन्न १९ वटा साइकलसँग सम्बन्धित क्लबको सहभागिता रहेको थियो । यात्रामा १६ देखि ६३ वर्ष उमेर समूहका सहभागी थिए । यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसमेत सहभागी थिए । उनले पाल्पाको हरेक क्षेत्र पर्यटकलाई मनपर्ने क्षेत्र रहेको बताए ।

एक दिनमै ४५ किलोमिटर अफरोडसहित ७२ किलोमिटर यात्रा गरेर झिरुवास पुग्दा फरकपन महशुष भएको उनले बताए । एउटा डाँडामा उभिएर तराई, पहाड र हिमाल देखिएपछि सबैको मन लोभिएको उनले बताए ।

शनिबार बिहान तानसेनको टुाडिखेलबाट सुरु भएको यात्रा नारायणटोल, असनटोल, तानसेन दरबार र भगवती मन्दिर हुँदै अघि बढेको थियो । आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन र पूर्वखोला हुँदै ज्यामिरे, मित्यालबाट निस्दी गाउँपालिकाको काउलेडाँडा पुगेका थिए । काउलेडाँडा पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गरिएको संघका द्रोण भुसालले बताए ।

दोस्रो दिन आइतबार काउलेडाँडाबाट सहलकोट र कीर्तिपुर हुँदै रामपुर नगरपालिकाको ज्याग्दी पार्क पुगेको संघका सचिव विज्ञान बज्राचार्यले बताए । रामपुरका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमणपछि साइकल यात्रा सकिएको छ ।

पाल्पामा धेरै ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदा भए पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा कतिपय गन्तव्य ओझेलमा छन् । सदरमुकाम तानसेन र आसपासका पर्यटकीय क्षेत्रबाहेक ग्रामीण भेगमा पनि आकर्षक गन्तव्य छन् भन्ने सन्देश दिन यात्रा आयोजना गरिएको हो ।

साइक्लिङ संघले यसअघि पहिलो संस्करणमा तानसेन र पश्चिम पाल्पाका विभिन्न सम्पदाको भ्रमण गराएको थियो । दोस्रो संस्करणमा ‘सम्पदादेखि सम्पदासम्म’ नारासहित रानीमहलदेखि तानसेन दरबारसम्म साइकल यात्रा गरिएको थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकलयात्री यहाँका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले तानसेनबाट पूर्वी पाल्पासम्मको साइकल यात्रामा निस्केका छन् । आज बिहान तानसेनबाट न...

#साइकलयात्री #दिने #साइकलयात्रा
Compare →
Nagarik News
2d ago
पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

#पाल्पा
Compare →
Bizshala
4d ago
पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले...

#पाल्पा
Compare →
Arthasansar
4d ago
दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

#पाल्पा
Compare →

Related Stories

National (Nepal)
Build #2612