मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकलयात्री यहाँका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले तानसेनबाट पूर्वी पाल्पासम्मको साइकल यात्रामा निस्केका छन् । आज बिहान तानसेनबाट निस्केका उनीहरूले पूर्वखोला, निस्दीका पर्यटकीयस्थल हुँदै रामपुरमा पुगेर दुई दिनको यात्रा समापन गर्नेछन् ।
पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पा साइकलिङ सङ्घले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ आयोजना गरेको हो । साइकल यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसँगै काठमाडौँ, पोखरा, कपिलवस्तु रुपन्देही, नवलपरासी, नेपालगञ्जलगायत विदेशबाट आएका साइकलयात्री समेत सहभागी छन् ।
Read full story at source ( barnanmedia.com )