Trending
Prev Story
Next Story

पर्यटन प्रवर्धनका लागि आजदेखि इलाममा सूर्योदय चिया महोत्सव

Ekantipur •
November 21, 2026 • 05:32 AM
2
2 reads 0 reactions

दुई दिनसम्म हुने महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

पर्यटन प्रवर्धनका लागि आजदेखि इलाममा सूर्योदय चिया महोत्सव

दुई दिनसम्म हुने महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

काठमाडौँ — इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदै छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव हुन लागेको हो ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा (लिम्बू) ले गर्ने कार्यक्रम छ । चिया पर्यटन प्रवर्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

'चिया पर्यटन प्रवर्धन र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो,' उनले भने, 'यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।'

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् । त्यस्तै, स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए ।

महोत्वमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ कन्याममा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ कन्याममै नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार हजार नगद पुरस्कार पाउनेछन् ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं ७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ । त्यसकै प्रचारप्रसारका लागि महोत्सव आयोजन गरिएको हो ।

महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । रमणीय र प्राकृतिक सौन्दर्यको भरिपूर्ण उपहारको रुपमा रहेको कन्याम मेची राजमार्गको पहुँचमा भएकाले सहजै पुग्न सकिन्छ । झापाको चारआलीबाट मोडिएर लागेपछि करिब एक घण्टाको यात्रामा कन्याम पुग्न सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ।

#महोत्सव #पर्यटन #चिया
Compare →
Hamro Patro News
11h ago
पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

राँझा (बाँके) – सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमले बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि नयाँ ‘ब्राण्ड’ बन्दै गएको छ।

#पर्यटन
Compare →
Onlinekhabar
1d ago
जाडोमा बिहानको अल्छीपन हटाउन पिउनुहोस् मसला ‍चिया, कसरी बनाउने ?

जाडोमा बिहानको अल्छीपन हटाउन पिउनुहोस् मसला ‍चिया, कसरी बनाउने ?

जाडोको मौसम अनि बिहानको समय । तातो चिया सम्झिँदा कसको मन आनन्दित नहोला र ? अझ त्यो चियामा मसला मिसाएर बनायो भने त चिसोका कारण लागेको अल्छी पनि हट्छ । विशेषगरी जाडोयाममा बिहान उठ्नेबित्तिकै अल्छी लाग्ने, …

#चिया
Compare →
Bizshala
3d ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स...

#पर्यटन
Compare →

Related Stories

World News
Build #2612