Trending
Prev Story
Next Story

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

Nagarik News •
November 20, 2026 • 07:13 AM
2
2 reads 0 reactions

मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ। गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन्।

सत्यवती बज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ। चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ।

मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन्। यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालन हुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए।

उनका अनुसार मेलाका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ।

सत्यवती बज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उनले बताए।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ। धार्मिक तथा सांस्कृतिक मर्यादा कायम राख्न मेला क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री तथा सेवन निषेध गरिएको समितिले जनाएको छ। सत्यवती मेलाको अर्को विशेषता रातको समयमा लिङ्गो गाडेर वर माग्ने परम्परा हो।

भक्तजनले बाँस, निङ्गालो, साललगायतका काठबाट बनेका लिङ्गो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो पहिचान गरी पूजा गरेपछि घर फर्कने चलन छ।

मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत रहिआएको छ। परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्ती प्रचलित छ। कानले नसुन्ने देवी भएकाले भक्तजनले आफ्नो मनोकामना चिच्याएर सुनाउने गरेको धार्मिक मान्यता छ।

विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलन थियो। पछिल्लो समय भने कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म नै रातदिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ।

सत्यवतीबज्यैको तीनतले नयाँ मन्दिर निर्माण

यस वर्षको सत्यवती मेलाको अर्को आकर्षण नवनिर्मित मन्दिर बनेको छ। पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ तीनतले मन्दिर निर्माण गरेको हो।

६५ लाख ५८ हजार रुपैयाँभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए। पुरानो मन्दिर जीर्ण र सानो भएकाले नयाँ संरचना निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए।

उनका अनुसार नयाँमन्दिर सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको हो। मन्दिर निर्माण सम्पन्न भएपछि यस वर्ष मेलामा आउने भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न पाउने भएका छन्।

यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ। सडक सुधार र नयाँ मन्दिर निर्माणले मेलामा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ।

धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ।

हरेक वर्ष हजारौँ भक्तजनको आगमन हुने यस मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित: ४ मंसिर २०८३ १२:५८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
27m ago
कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

लामो समय रोकिएको मेला स्थानीयको पहलमा पुनः सञ्चालन भएपछि शुक्रबार नदी किनारमा भक्तजन, भजनमण्डली र पञ्चेबाजाको चहलपहल बढेको छ।

#मेला #भक्तजन
Compare →
Onlinekhabar
5h ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#मेला
Compare →
Hamro Patro News
14h ago
महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने

महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने

काठमाडौं । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । मेला सञ्चालनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र महासंघब...

#मेला
Compare →
Bizshala
1d ago
पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले...

#पाल्पा
Compare →
Arthasansar
2d ago
दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

#पाल्पा
Compare →

Related Stories

National (Nepal)
Build #2612