Trending
Prev Story
Next Story

मनकामना धाममा हरिबोधनी एकादशी मेला सुरु, रातभर दीप प्रज्वलन र जाग्राम बस्ने भक्तजनको घुइँचो

Ekantipur •
November 20, 2026 • 02:02 AM
2
2 reads 0 reactions

संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना धाममा यस वर्ष पनि धार्मिक आस्था, परम्परा र सांस्कृतिक उत्साहका साथ दुईदिने एकादशी मेला आयोजना गरिएको हो ।

मनकामना धाममा हरिबोधनी एकादशी मेला सुरु, रातभर दीप प्रज्वलन र जाग्राम बस्ने भक्तजनको घुइँचो

संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना धाममा यस वर्ष पनि धार्मिक आस्था, परम्परा र सांस्कृतिक उत्साहका साथ दुईदिने एकादशी मेला आयोजना गरिएको हो ।

संखुवासभा — पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल मनकामना धाममा हरिबोधनी एकादशीको अवसरमा लाग्ने परम्परागत मेला बिहीबार रातिदेखि सुरु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना धाममा यस वर्ष पनि धार्मिक आस्था, परम्परा र सांस्कृतिक उत्साहका साथ दुईदिने एकादशी मेला आयोजना गरिएको हो ।

हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने यस मेलामा भक्तजन, तीर्थयात्री तथा स्थानीयवासीको सहभागिता रहने गरेको छ । बिहीबार राति सुरु भएको मेला शुक्रबारसम्म सञ्चालन हुने आयोजक तुम्लिङटार स्पोटिङ क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार विसं १९८२ सालदेखि सुरु भएको यो मेला लामो समयदेखि निरन्तर परम्परागत रूपमा सञ्चालन हुँदै आएको छ ।

धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको मनकामना धाममा एकादशीको अघिल्लो रात विशेष धार्मिक अनुष्ठान गर्ने परम्परा छ । परिवार तथा आफन्त गुमाएका व्यक्तिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मन्दिर परिसरमा रातभर जाग्राम बसेर दीप प्रज्वलन गर्ने गर्छन् । मृतकको सम्झनामा बालिने बत्तीले दिवंगत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको अध्यक्ष घिमिरेले बताए ।

रातभर दीप प्रज्वलन गरी जाग्राम बस्ने परम्पराले यस मेलालाई अन्य धार्मिक मेलाभन्दा विशेष पहिचान दिएको उनले बताए । आफन्तको सम्झनामा बत्ती बाल्न टाढाटाढाबाट समेत भक्तजन मनकामना धाम आउने गरेका छन् । रातको समयमा मन्दिर परिसरमा बल्ने सयौँ दीपले धामको वातावरणलाई थप आध्यात्मिक र भक्तिमय बनाउने उनले बताए ।

मनकामना धाममा दर्शन तथा पूजाआजा गरेमा जीवनका दुःख, कष्ट र बाधा हट्ने तथा मनले चिताएको मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ । यही आस्थाका कारण प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसरमा यहाँ भक्तजनको आकर्षण बढ्दै गएको घिमिरेले बताए । विशेषगरी दिवंगत आफन्तको सम्झनामा दीप प्रज्वलन गर्ने, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने तथा धार्मिक अनुष्ठानमा सहभागी हुने उद्देश्यले श्रद्धालुहरू धाम आउने गर्छन् ।

मेलालाई धार्मिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति, उत्पादन र पर्यटन प्रवर्द्धनसँग जोड्ने प्रयाससमेत गरिएको आयोजकले जनाएको छ । मेलाको अवधिभर धार्मिक पूजाआजा, भजन–कीर्तन, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र सामुदायिक भेटघाटलगायत कार्यक्रम सञ्चालन गरिनेछन् । यस्ता गतिविधिले स्थानीय कलाकार, व्यवसायी तथा उत्पादनकर्तालाई आफ्नो प्रतिभा र उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

अरुण नदीको किनारमा अवस्थित मनकामना धाम धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ ।

धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रको प्रचारप्रसार र विकासका लागि एकादशी मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । मेलामा सहभागी हुन आउने श्रद्धालु तथा आगन्तुकका कारण स्थानीय व्यापार, होटल तथा अन्य व्यवसायमा समेत चहलपहल बढेको छ ।

पुस्तौँदेखि चल्दै आएको धार्मिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै मनकामना धामको ऐतिहासिक पहिचानलाई थप स्थापित गर्ने लक्ष्यसमेत राखिएको छ ।

लामो इतिहास र जनविश्वाससँग जोडिएको मनकामना धामको एकादशी मेलाले धार्मिक आस्था, पुर्खाको सम्झना र सामाजिक एकतालाई एउटै थलोमा जोड्दै आएको छ । दीप प्रज्वलन, भजन–कीर्तन र सांस्कृतिक कार्यक्रमले सजिने यो मेला संखुवासभाको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको उनले बताए । परम्पराको निरन्तरता र स्थानीय पर्यटनको सम्भावनालाई बढावा दिन पनि मनकामना धामको हरिबोधनी एकादशी मेला जिल्लाकै महत्त्वपूर्ण धार्मिक उत्सवका रूपमा लिइन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#एकादशी #मेला #धाम
Compare →
Hamro Patro News
2h ago
आज ठूलो एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

आज ठूलो एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ- कात्तिक शुक्ल एकादशीका दिन आज औषधीको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी म...

#एकादशी #भक्तजन #घुइँचो
Compare →
Nagarik News
1h ago
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

#एकादशी #भक्तजन
Compare →

Related Stories

Technology
Build #2612