Trending
Prev Story
Next Story

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

Ekantipur •
November 20, 2026 • 02:02 AM
2
2 reads 0 reactions

आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको हो।

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको हो।

काठमाडौँ — निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो ।

आयोगले आज नै विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आज आयोगले छलफलका लागि आमन्त्रण  गरेको छ ।

आयोगले आज बिहान ११: ३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिए ।

प्रवक्ता भट्टराईले भने, 'स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो ।'

राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।

निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#निर्वाचन #तयारी #आयोगले
Compare →
Hamro Patro News
3d ago
स्थानीय निर्वाचन तयारीः निर्वाचन आयोगले बोलायो दलहरुसँग बैठक

स्थानीय निर्वाचन तयारीः निर्वाचन आयोगले बोलायो दलहरुसँग बैठक

काठमाडौं – निर्वाचन आयोग स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । यही प्रयोजनका लागि छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बैठकमा बोलाएको छ। आयोगले पठाएको पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्न...

#निर्वाचन #तयारी #आयोगले
Compare →
Bizshala
3d ago
स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

काठमाण्डौ । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले वर्तमान...

#निर्वाचन #तयारी #मिति
Compare →
Onlinekhabar
1d ago
स्थानीय तह चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

स्थानीय तह चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

२९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ । आयोगले आज बिहान साढे ११ बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार …

#निर्वाचन #दलका #दलहरु
Compare →

Related Stories

Politics & Governance
Build #2612