Trending
Prev Story
Next Story

कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

Ekantipur •
November 20, 2026 • 08:02 AM
3
3 reads 0 reactions

लामो समय रोकिएको मेला स्थानीयको पहलमा पुनः सञ्चालन भएपछि शुक्रबार नदी किनारमा भक्तजन, भजनमण्डली र पञ्चेबाजाको चहलपहल बढेको छ।

कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

लामो समय रोकिएको मेला स्थानीयको पहलमा पुनः सञ्चालन भएपछि शुक्रबार नदी किनारमा भक्तजन, भजनमण्डली र पञ्चेबाजाको चहलपहल बढेको छ।

बागलुङ — हरिबोधिनी एकादशीको अवसरमा कालीगण्डकी नदी किनारको निरयघाटमा एकादशी मेला लागेको छ । बागलुङ नगरपालिका-४ को निरयघाटमा धार्मिक मेला लागेको हो । कालीगण्डकी स्नान गर्ने भक्तजनले शुक्रबार निरयघाट भरिएको छ ।

एकादशीकै अवसरमा तुलसीको विवाह, तोरण तार्ने, विभिन्न खेलकुद तथा धार्मिक क्रियाकलाप, भजनकृतनलगायतका क्रियाकलाप गर्न पनि भक्तजन यहाँ ओइरिएका हुन् । हरिबोधिनी एकादशी मेला आयोजकले तीन दिने खेलकुद तथा धार्मिक कार्यक्रम समेत आयोजना गरेपछि भक्तजन बढेको स्थानीय दुर्गाबहादुर आचार्यले बताए ।

लामो समय रोकिएको निरयघाट मेलालाई स्थानीयले जगाएपछि भक्तजनको बाक्लो उपस्थिति भएको हो । साथै व्यक्तिगत रुपमा मात्र गरिने धार्मिक कार्यलाई संस्थागत रुपमा गरिएको छ । यहाँ रहेको मानवसेवा आश्रमलाई व्यवस्थित बनाउन अभियान चालिएकै समयमा मेला समेत आयोजना भएको हो ।

शुक्रबार नदी किनारमा समूहमा भजनकृतन गाउने, पञ्चेबाजा बजाउने र गत असारमा १ सय ८ मोठ बनाएर रोपिएका तुलसीको विवाह पनि गरिएको हो । मोठ बनाउने भक्तजनको नाम आश्रमले मोठमै लेखिदिएको छ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
चित्रसारीमा एकादशी मेला

चित्रसारीमा एकादशी मेला

चितवनको चित्रसारीमा आजदेखि तीन दिनसम्म मेला सुरु भएको छ।

#मेला #एकादशी
Compare →
Onlinekhabar
6h ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#मेला #एकादशी
Compare →
Hamro Patro News
6d ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#मेला #रौनक
Compare →
Arthasansar
3h ago
आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ ।...

#एकादशी
Compare →
Bizshala
1w ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#कालीगण्डकी
Compare →

Related Stories

Technology
Build #2612