Trending
Prev Story
Next Story

तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला पुस ८ देखि

Ekantipur •
November 22, 2026 • 12:33 PM
2
2 reads 0 reactions

स्थानीय कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, कला तथा संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो ।

तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला पुस ८ देखि

स्थानीय कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, कला तथा संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो ।

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पुस ८ देखि १२ सम्म तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला आयोजना हुने भएको छ ।

स्थानीय कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, कला तथा संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । मर्स्याङ्दीको ङादी खेलमैदानमा ५ दिनसम्म चल्ने महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने र ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सव सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।

मर्स्याङ्दी हर्सिङडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी किसानलाई बजारसँग जोड्ने, स्थानीय उत्पादनको पहिचान स्थापित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने अभियानका रुपमा अघि बढाउन खोजिएको बताए । ‘किसानले उत्पादन गरेर मात्र हुँदैन, उत्पादित वस्तुले उचित मूल्य र बजार पनि पाउनुपर्छ । कृषि मेलालाई किसान र बजारबीचको सम्बन्ध स्थापित गर्ने अवसरका रुपमा लिएका छौं,’ उनले भने ।

महोत्सवमा कृषि उपज, फलफूल, तरकारी, पशुपन्छी तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ । स्थानीय हस्तकला, घरेलु तथा लघु उद्यमका सामग्री, मौलिक खाना तथा परिकारको प्रदर्शनीसंगै स्थानीय र राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति पनि रहनेछन् । धार्मिक, सांस्कृतिक तथा परम्परागत कार्यक्रमका साथै लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुने आयोजकले जनाएको छ ।

महोत्सवमा गाउँपालिकाका ९ वटै वडाका कृषि, पशुपालन, पर्यटन, कला, संस्कृति, हस्तकला र उद्यमशीलताका सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ । यसबाट स्थानीय कृषक, महिला समूह, युवा उद्यमी, सहकारी तथा घरेलु उद्योगलाई आफ्ना उत्पादन चिनाउने र बजार विस्तार गर्ने अवसर मिल्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडैलले बताए ।

मर्स्याङ्दी गाउँपालिकामा हर्सिङ डाँडा, भुस्मे, सिउरुङ, घनपोखरा, खानीगाउँ र भलामचौरका होमस्टे, डा. हर्क गुरुङ समाधिस्थल, राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क, वीर भक्ति थापाको जन्मस्थल, जगत तातोपानी कुण्ड, बाह्रपोखरीलगायत पर्यटकीय गन्तव्य छन् । महोत्सवमार्फत यी क्षेत्रको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले बताइन् ।

हर्सिङडाँडा समुद्री सतहदेखि करिब २ हजार २ सय ८४ मिटर उचाइमा छ । यहाँबाट विभिन्न हिमश्रृंखला, मर्स्याङ्दी उपत्यकासहितका प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । राष्ट्रिय विभूति वीर भक्ति थापासंग जोडिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहुँचमार्ग, खानेपानी, शौचालय र बसोबासलगायत पूर्वाधार निर्माणको काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ । यहाँ प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडानसमेत गरिएको छ ।

महोत्सवका लागि गाउँपालिका अध्यक्ष गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन गरिएको छ । महोत्सव व्यवस्थापनका लागि गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ । बाँकी रकम जलविद्युत् आयोजना, टिकट बिक्री, विभिन्न संघसंस्थाको प्रायोजन र स्टल भाडालगायत स्रोतबाट जुटाइने अध्यक्ष गुरुङले बताए ।

पत्रकार सम्मेलनमा मर्स्याङ्दी गाउँपालिकाको ९ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति थियो ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
54m ago
कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै मर्स्याङ्दी महोत्सव

कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै मर्स्याङ्दी महोत्सव

लमजुङ। मर्स्याङ्दी गाउँपालिकाले कृषि, पर्यटन, स्थानीय उत्पादन तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना गर्ने भएको छ । आगामी पुस ८ देखि १२ ग...

#महोत्सव #कृषि #मर्स्याङ्दी
Compare →
Nagarik News
1d ago
इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ।

#महोत्सव #देखि
Compare →
Bizshala
19h ago
कृषि यान्त्रीकरण प्रदर्शनीका ओइरिए कृषक, दोस्रो दिन १९ हजारले गरे अवलोकन

कृषि यान्त्रीकरण प्रदर्शनीका ओइरिए कृषक, दोस्रो दिन १९ हजारले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को दोस्रो दिन शनिबार...

#कृषि
Compare →
Onlinekhabar
2d ago
धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र …

#महोत्सव
Compare →

Related Stories

Business & Economy
Build #2612