Trending
Prev Story
Next Story

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

Ekantipur •
November 22, 2026 • 11:02 AM
3
3 reads 0 reactions

बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । तर, त्यसयता उनी फरार भएका छन् ।

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । तर, त्यसयता उनी फरार भएका छन् ।

काठमाडौँ — बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता इन्द्र बानियाँ फरार भएका छन् ।

बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । तर, त्यसयता उनी फरार भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतका अनुसार, प्रभु बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको छानबिनका क्रममा उनी पनि जोडिएका थिए । त्यसपछि सीआईबीले उनका छोरा दिक्षान्तलाई १६ कात्तिकमा पक्राउ परेको थियो ।

बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा प्रभु बैंकले उक्त ऋण प्रवाह गरेको ती अधिकृतको भनाइ छ । ‘ऋण लिएको रकम तोकिएको कामभन्दा बाहेकमा प्रयोग गरेको पाइएपछि उजुरी परेको थियो, त्यसअनुसार, बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार थालिएको थियो,’ सीआईबीका ती अधिकृतले भने ।

पूर्वमुख्यमन्त्री बानियाँ, बानियाँ निर्माण सेवाका सञ्चालकसमेत हुन् । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध किन जारी भयो पक्राउ पूर्जी ?

पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध किन जारी भयो पक्राउ पूर्जी ?

६ मंसिर, काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकारीले बताए । बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै …

#बानियाँ #पूर्वमुख्यमन्त्री
Compare →
Hamro Patro News
9h ago
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यसस...

#फरार
Compare →
Nagarik News
1d ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।

#फरार
Compare →
Bizshala
1h ago
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति श...

#पूर्वमुख्यमन्त्री #बानियाँ
Compare →

Related Stories

Politics & Governance
Build #2612