Trending
Prev Story
Next Story

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

Nagarik News •
November 20, 2026 • 03:22 PM
1
1 reads 0 reactions

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

दुर्घटनामा चन्दननाथ नगरपालिका-७ महतगाउँका ४२ वर्षीय हेमबहादुर महतको मृत्यु भएको हो।शुक्रबार साँझ करिब ६ बजे चन्दननाथ नगरपालिका-६ महतगाउँस्थित सडकखण्डमा जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे महतलाई मृत घोषणा गरेका थिए।दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्।

प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ। ठक्कर दिने सरकारी मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०८३ २१:०७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
15m ago
मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

#मोटरसाइकल #ठक्कर #पैदल
Compare →
Onlinekhabar
4h ago
सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला …

#मोटरसाइकल #ठक्कर #पैदल
Compare →
Hamro Patro News
1d ago
धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् । मंसिर ३, २०...

#मोटरसाइकल #त्यु
Compare →
Bizshala
3h ago
काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

#मोटरसाइकल
Compare →

Related Stories

Politics & Governance
Build #2612