Trending
Prev Story
Next Story

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

Bizshala •
November 22, 2026 • 10:07 AM
2
2 reads 0 reactions

काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति श...

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता नै अनुमति लिएको हो।

स्रोतका अनुसार बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो। पक्राउ अनुमति जारी भएको जानकारी पाएपछि उनी सम्पर्कविहीन रहेको स्रोतको दाबी छ।

बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री थिए।

यसअघि सीआईबीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिएको थियो। अर्याल पनि हाल फरार रहेको बताइएको छ।

नेपालबाट मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरेको प्रकरणमा सीआईबीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।

उक्त प्रकरणमा गैरकानुनी नीतिगत निर्णयका माध्यमबाट १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको सीआईबीको अनुसन्धानमा देखिएको उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । विचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिएको छ । जिल्ला ...

#सम्पत्ति #अनुसन्धान #शुद्धीकरण
Compare →
Onlinekhabar
5d ago
२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ । संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका …

#सम्पत्ति #अनुसन्धान
Compare →
Nagarik News
49m ago
अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्।

#अनुसन्धान
Compare →
Ekantipur
17h ago
२१ किलो सुन तस्करीमा संगठित अपराधमा अनुसन्धान

२१ किलो सुन तस्करीमा संगठित अपराधमा अनुसन्धान

भन्सार ऐनअन्तर्गतको कसुरमा तीन चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा गइसकेपछि प्रहरीले फेरि संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो

#अनुसन्धान
Compare →

Related Stories

Politics & Governance
Build #2612