Trending
Prev Story
Next Story

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

Ekantipur •
November 22, 2026 • 03:03 AM
1
1 reads 0 reactions

मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने वैदेशिक रोजगार विभागको तयारी।

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने वैदेशिक रोजगार विभागको तयारी।

काठमाडौँ — वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।

वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थियो ।

विभागले जारी गरेको पत्रअनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको छ । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने मन्त्री यादवले जनाएका छन् ।

विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । ३५ दिनको अवधि पूरा भएपछि बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले जनाए ।

यस कदमबाट वैदेशिक रोजगारका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री यादवले उल्लेख गरे । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, पीडितलाई न्याय दिलाउने तथा ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले प्रक्रिया अघि बढाएको हो ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यसस...

#वैदेशिक #रोजगार #फरार
Compare →
Nagarik News
23h ago
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृहद्वारा विशेष कार्यदल गठन

वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृहद्वारा विशेष कार्यदल गठन

नियोग, नेपाली समुदाय तथा विभिन्न सरोकारवालाहरूसँगको उक्त अन्तरक्रियामा वैदेशिक रोजगारीका नाममा नेपाली नागरिकहरू ठगिने र श्रम शोषणमा पर्ने गरेको विषय गम्भीर रूपमा उठेको थियो।

#वैदेशिक #रोजगार #ठगी
Compare →
Bizshala
3d ago
वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा...

#वैदेशिक #रोजगार
Compare →
Onlinekhabar
2d ago
सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता

सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता

३ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी …

#रोजगार
Compare →

Related Stories

World News
Build #2612