काठमाडौं । अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उमेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् ।
ट्रम्पको राजनीतिक अभियानसँग आबद्ध समूहहरूले सेप्टेम्बरदेखि अक्टोबरको मध्यसम्ममा मात्रै करिब २७७ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा करिब ३७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । अमेरिकी संसद् (कंग्रेस)का दुवै सदनमा आफ्नो दलको बहुमत कायमै राख्ने मुख्य उद्देश्यसहित ट्रम्पले यो ठूलो रकम खर्च गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )