Trending
Prev Story
Next Story

दुई महिनादेखि खत्याड-रारा सडक अझै अवरुद्ध

Nagarik News •
November 21, 2026 • 07:22 AM
1
1 reads 0 reactions

जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।

दुई महिनादेखि खत्याड-रारा सडक अझै अवरुद्ध

जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।

उक्त गाउँपालिका–८ नुवाखेतमा तीन महिनादेखि लगातार सुक्खा पहिरो झरेपछि सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। पहिरोका कारण सडक सडक अवरुद्ध हुँदा त्यस गाउँपालिकाका ११ वटै वडावासीलाई आवतजावतमा समस्या परेको स्थानीय विरजङ्ग कार्की बताउँछन्।

उक्त सडक अवरुद्ध हुँदा प्राकृतिक सौन्दर्यले परिपूर्ण रारा ताल हेर्न र घुम्न आउने पर्यटकसमेत प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा त्यसक्षेत्र भएर जुम्लाको गोठीज्युला जाने यात्रुलाई समेत अहिले यात्रामा असहज भइरहेको छ।

जिल्ला सदरमुकाम गमगढी, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सेवा लिन जाने नागरिकलाई समेत अहिले कठिनाइ भएकोछ। स्थानीय कार्कीका अनुसार, लामो समयसम्म सडक अबरुद्ध हुँदा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी तथा अशक्त व्यक्तिहरू बढी प्रभावित भएका छन्।

पहिरोका कारण सडकसँगै सिँचाइ कुलो, झोलुंगे पुल, खानेपानीका संरचना, स्थानीय तथा पशुचौपाया हिँड्ने गोरेटो बाटो र ठुलो क्षेत्रफलको खेतीयोग्य जमिनमा क्षति पुगेको छ। आसपासका घरबस्ती समेत जोखिम बढेको छ।

सडक अवरुद्ध हुनुअघि केही मिनेटमा पार गर्न सकिने दूरी अहिले पैदल यात्रामा घण्टौँ लाग्ने लाग्ने गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गत कात्तिक ९ गते पहिरो प्रभावित क्षेत्रको अनुगमन गरी  तत्काल सडक सञ्चालनका लागि पहल गर्ने तथा भूगर्भविद्सहितको प्राविधिक अध्ययन गरी उपयुक्त विकल्प खोज्नेबारे छलफल अघि बढाउने प्रतिबद्धता जनाए त्यसले अझै मूर्तरुप लिन सकेको छैन।

स्थानीय रुपसिङ्ग रोकाया भन्छन्, 'कर्णाली करिडोर बनेपछि खत्याड–रारा सडक भएर घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ, तर महिनौँदेखि खसेको पहिरोले सडक अवरुद्ध हुँदा पर्यटकले दुःख झेल्नु परिरहेको छ।' खत्याड गाउँपालिका–८ का स्थानीय सम्पत्ति कार्कीका अनुसार पहिरोबाट प्रभावित क्षेत्रका खेतीयोग्य जमिन र सिँचाइ कुलोमा समेत क्षति पुगेको छ।

'पहिरोले कुलो रहेको चिह्नसमेत मेटाएको छ। अब कुलो पुनर्निर्माण गर्ने अवस्था पनि छैन। कुलो बगाएपछि गाउँपालिका क्षेत्रलाई धान्न सक्ने उब्जाउ खेतीयोग्य जमिन बाँझो हुने अवस्था छ', स्थानीय देवीलाल कार्की भन्छन्, 'गहुँ छर्ने समय आइसक्दा पनि सिँचाइ गर्ने कुलो र आवतजावत गर्ने बाटो दुवै क्षतिग्रस्त हुदाँ यहाँका किसान समस्यामा परेका छौँ।' उनका अनुसार झोलुङ्गे पुल रूपमा क्षति भएकाले हिँड्नै नमिल्ने अवस्था छ।

तथापि, प्रभावित क्षेत्रको सडक खुलाउन तथा पहिरोको दीर्घकालीन समाधान खोज्न खत्याड गाउँपालिका–६ प्रभावित क्षेत्रका वडाध्यक्ष र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवालाबीच निरन्तर छलफल भइरहेको जानकारी दिइएको छ।

उता पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर तत्काल सडक खुलाउने र दीर्घकालीन समाधानका उपाय पहिचान गर्ने योजनाअनुरुप कार्यालय अघि बढिरहेको प्रतिक्रिया दिए।

'उक्त पहिरोको अवस्था अध्ययन गर्न प्राविधिक टोली पठाउँछौँ। पहिरोको प्रकृति हेरेर तत्काल सडक खुलाउने तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ', उनले भने। खत्याड–रारा–गमगढी सडकको प्रवेश मार्गमै पहिरो खसेर लामो समयदेखि यातायात अवरुद्ध हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन क्षेत्रमा समेत असर परेको छ।

कर्णाली क्षेत्रका अन्य सडकको तुलनामा उक्त खत्याड–रारा सडक छोटो र सुरक्षित सडक मानिँदै आएको छ। पहिलो जानुअघि पछिल्लो समय यही सडक भई रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढिरहेको थियो। रासस

प्रकाशित: ५ मंसिर २०८३ १३:०७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु । जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । उक्त गाउँपालि...

#अवरुद्ध #रारा #खत्याड
Compare →
Ekantipur
4d ago
सहमतिपछि खुल्यो अवरुद्ध गुलरिया–नेपालगन्ज सडक

सहमतिपछि खुल्यो अवरुद्ध गुलरिया–नेपालगन्ज सडक

लालपुरमा शनिबारको दुर्घटनामा बाँकेका बाबु-छोराको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए ।

#अवरुद्ध
Compare →
Onlinekhabar
4d ago
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

३० कात्तिक, मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा …

#रारा
Compare →
Bizshala
1w ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#अवरुद्ध
Compare →

Related Stories

Technology
Build #2612