Trending
Prev Story
Next Story

अरे ओ सत्ताधारीहरू हो, फेसबुकमा दोहोरी खेल्नुभन्दा नागरिकको जीवन बचाउनुहोस् : रक्षा बम

Nagarik News •
November 21, 2026 • 07:32 AM
1
1 reads 0 reactions

जेनजी अभियन्ता रक्षा बमले भोटेकोशी–रसुवा बाढीबाट विस्थापित नागरिकको अवस्थाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएकी छन्।

अरे ओ सत्ताधारीहरू हो, फेसबुकमा दोहोरी खेल्नुभन्दा नागरिकको जीवन बचाउनुहोस् : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले भोटेकोशी–रसुवा बाढीबाट विस्थापित नागरिकको अवस्थाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएकी छन्।

उनले बाढीबाट सर्वस्व गुमाएका नागरिकले राज्यबाट कम्तीमा मानवीय व्यवहार, संवेदनशीलता र अभिभावकत्वको अपेक्षा गर्नु गलत नभएको बताएकी हुन्।

बाढीबाट विस्थापित नागरिकहरू अहिले कहाँ जाने र कसरी बाँच्ने भन्ने अन्योलमा रहेको उल्लेख गर्दै उनले सत्ताधारीहरू भने सामाजिक सञ्जालमा दोहोरी खेल्न व्यस्त रहेको टिप्पणी गरेकी छन्। ‘अरे ओ सत्ताधारीहरू हो, सबै कुरा ठट्टा हुँदैन!’ भन्दै उनले बाढीपीडितको पीडालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेकी छन्।

‘तपाईंहरू फेसबुकमा दोहोरी खेल्दै व्यस्त हुनुहुन्छ। मुद्दा विषयान्तर गर्न खप्पिस हुनुहुन्छ। सायद यही नै होला नयाँ ढङ्गको सुशासन,’ उनले भनेकी छन्।

देश बनाउने जिम्मेवारी लिएका सत्ताधारीहरूलाई फेसबुकमा लेखेर समय बिताउनुभन्दा नागरिकको जीवन बचाउनतर्फ ध्यान दिन उनले आग्रह गरेकी छन्।

‘फेसबुकको भित्तो पछि पनि रङ्ग्याउन पाइएला, अहिले अलिकति नागरिकको जीवन बचाउनुहोस्,’ बमले भनेकी छन्।

प्रकाशित: ५ मंसिर २०८३ १३:१७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

अमेरिकाले आफ्ना पुराना मित्र राष्ट्रहरूसँग सहकार्य प्रवर्द्धन गर्न चाहेको ट्र्म्पले बताए

#रक्षा
Compare →
Hamro Patro News
6d ago
म्यानमारमा विस्थापित नागरिकको शिविरमै हवाई आक्रमण, पाँच वर्षीय बालकसहित १२ जनाको मृत्यु

म्यानमारमा विस्थापित नागरिकको शिविरमै हवाई आक्रमण, पाँच वर्षीय बालकसहित १२ जनाको मृत्यु

काठमाडौं, मंसिर २९। म्यानमारको पश्चिमी राखाइन राज्यमा विस्थापित नागरिकले आश्रय लिइरहेको शिविरमाथि गरिएको हवाई आक्रमणमा पाँच वर्षीय बालकसहित कम्तीमा १२ जनाको ज्यान गएको छ। घटनामा अन्य १८ जना घाइते भ...

#विस्थापित #नागरिकको
Compare →

Related Stories

National (Nepal)
Build #2612