Trending
Prev Story
Next Story

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

Nagarik News •
November 21, 2026 • 04:28 AM
2
2 reads 0 reactions

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ निवासी २३ वर्षीय हर्षित राज मोक्तान रहेका छन्। घरमा लुकीछिपी बस्दै आएका मोक्तान हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा आएको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।

सोही क्रममा मंसिर ४ गते दिउँसो करिब ४ बजे बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागूऔषध खैरो हेरोइनसम्बन्धी कसुर (०८१-८१-०६१४) मुद्दामा उनलाई अदालतले ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि भीमफेदी कारागार कार्यालय पठाइएको छ।

प्रकाशित: ५ मंसिर २०८३ १०:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
वर्षमानको स्वीकारोक्ति : जेनजी आन्दोलनको विश्लेषण गर्‍यौं, नेतृत्व गर्न सकेनौं

वर्षमानको स्वीकारोक्ति : जेनजी आन्दोलनको विश्लेषण गर्‍यौं, नेतृत्व गर्न सकेनौं

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि नै त्यसखालको आक्रोशको आफूहरूले विश्लेषण गरेको बताएका छन् । युवाहरूमा रहेको आक्रोशको पूर्वानुमान गरेको र …

#जेनजी #आन्दोलन
Compare →
Bizshala
3d ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#जेनजी #आन्दोलन
Compare →
Ekantipur
4h ago
जेन–जी आन्दोलनमा भीमफेदी कारागार फोडेर भागेका कैदी पक्राउ, १२२ जना अझै फरार

जेन–जी आन्दोलनमा भीमफेदी कारागार फोडेर भागेका कैदी पक्राउ, १२२ जना अझै फरार

०८२ भदौ २४ गते राती भीमफेदी कारागार फोडेर भागेका हेटौंडा उपमहानगरपालिका–१९ का २३ वर्षीय हर्षित राज मोक्तानलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो ।

#भागे #आन्दोलन #कैदी
Compare →
Hamro Patro News
4d ago
जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्...

#जेनजी #आन्दोलन #कैदी
Compare →

Related Stories

National (Nepal)
Build #2612