Trending
Prev Story
Next Story

फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान*

Ekantipur •
November 21, 2026 • 05:02 AM
9
9 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले आयोजनालाई उच्च प्राथमिकता दिँदै खेल पूर्वाधार, पर्यटन र सुदूरपश्चिमको आर्थिक विकासमा योगदान पुर्‍याउने बताएका छन्।

फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान*

पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले आयोजनालाई उच्च प्राथमिकता दिँदै खेल पूर्वाधार, पर्यटन र सुदूरपश्चिमको आर्थिक विकासमा योगदान पुर्‍याउने बताएका छन्।

काठमाडौँ — कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकारले ठेक्का आह्वान गरी प्रक्रिया अघि बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालयले हालको जमिनको सतहमा माटो भर्ने तथा जमिन सम्याउने, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका कामका लागि ठेक्का आह्वान गरेको हो ।

पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले खेल पूर्वाधार विकासलाई उच्च महत्त्व दिएको बताएका छन् । ‘सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेका छौं,’ उनले फेसबुकमा लेखेका छन् ।

२०६६ सालदेखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कुरा उठेको हो ।२०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्न ‘ड्रिम फाप्ला’ अभियान अघि बढाइएको थियो ।

यसअघिको समाचारमा ठेक्का आह्वान भएको रकममा अन्यथा भएकाले सच्याइएको छ। –सम्पादक

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
‘क्रिकेटको सहर’मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

‘क्रिकेटको सहर’मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

काठमाडौं । सुदूरपश्चिमको क्रिकेट विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । लामो समयदेखि चर्चामा रहेको आयोजना...

#पूर्वाधार #विकास #क्रिकेट
Compare →
Arthasansar
1d ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#ठेक्का #फाप्ला #क्रिकेट
Compare →
Nagarik News
5h ago
संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।

#पूर्वाधार #विकास
Compare →
Onlinekhabar
3d ago
नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार

नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार

२ मंसिर, काठमाडौं ।  दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।  बुधबार काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे …

#पूर्वाधार #विकास
Compare →
Bizshala
4d ago
पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना...

#पूर्वाधार #विकास
Compare →

Related Stories

Sports
Build #2612