०८२ भदौ २४ गते राती भीमफेदी कारागार फोडेर भागेका हेटौंडा उपमहानगरपालिका–१९ का २३ वर्षीय हर्षित राज मोक्तानलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो ।
जेन–जी आन्दोलनको क्रममा भीमफेदी कारागारवाट भागेका खैरो हिरोइनसम्बन्धी मुद्दामा एक कैदीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
०८२ भदौ २४ गते राती भीमफेदी कारागार फोडेर भागेका हेटौंडा उपमहानगरपालिका–१९ का २३ वर्षीय हर्षित राज मोक्तानलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो । कारागाराबाट भागेर विभिन्न स्थानमा लुक्दै छिप्दै आएका मोक्तान हेटौंडा बजार आएको प्रहरीले सुराकी पाएपछि बसपार्कबाट पक्राउ गर्न सफल भएको हो ।
जिल्ला अदालत मकवानपुरले २०८१ साल चैतमा मोक्तानलाई खैरो हिरोइन ओसार–पसार तथा व्यपार गरेको ठहर गर्दै ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
जेन–जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर ४४० जना कैदीबन्दीहरु भागेका थिए ।
कारागार फोडेर भागेकामध्ये शुक्रबारसम्म १२२ जना कैदीबन्दी अझै फरार छन् । जेन–जी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते राती जेलबाट फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् । भागेका ४४० जना कैदी बन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट ३ सय १८ जना जनालाई पक्राउ गरेको छ । १२२ जना अझै फरार भीमफेदी कारागारका प्रमुख पुस्कर रानाले बताए ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।