Trending
Prev Story
Next Story

तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

Ekantipur •
November 21, 2026 • 02:02 AM
2
2 reads 0 reactions

क्यान्सर रोगबाट पीडित सेर्माको मंसिर ४ गते राति काठमाण्डौमा निधन भएको हो ।

तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

क्यान्सर रोगबाट पीडित सेर्माको मंसिर ४ गते राति काठमाण्डौमा निधन भएको हो ।

पाँचथर — पाँचथरलाई कार्यक्षेत्र बनाएर करिव तीन दशक अघिदेखि सकृय कबिन्द्र सेर्मा (कालिबहादुर) को निधन भएको छ ।

क्यान्सर रोगबाट  पीडित सेर्माको मंसिर ४ गते राति काठमाण्डौमा निधन भएको हो ।

पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउापालिका–२) मा जन्मिएका सेर्मा २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गरेका थिए । उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए । त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध भएर काम गरेका उनले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्याएका थिए ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्षसमेत रहेका सेर्माले जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्‍याएका छन् ।

उनी झण्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आएका उनी थप उपचारका लागि भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालसमेत पुगेका थिए । अहिले उपचारकै क्रममा काठमाडौंमा उनको निधन भएको हो ।

सेर्माको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको पत्रकार महासंघ पाँचथरले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन

३० कात्तिक, काठमाडौं । धनुषामा मोटरसाइकलको ठक्करबाट एक जनाको निधन भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ कठाईतस्थित सडकमा श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्र.०२–००४ प २०४६ नम्बरको मोटरसाइकलले एक पदैलयात्रीलाई ठक्कर दिएको हो । मिथिला बिहारी नगरपालिका–९ कटरेज टोल …

#निधन
Compare →
Nagarik News
1w ago
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#निधन
Compare →
Hamro Patro News
1w ago
भीमफेदी दुर्घटना : छठ मनाउन घर फर्किंदै गरेका एउटै परिवारका तीन जनाको निधन

भीमफेदी दुर्घटना : छठ मनाउन घर फर्किंदै गरेका एउटै परिवारका तीन जनाको निधन

सर्लाही । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको निधन भएको छ । दुर्घटनाम...

#निधन
Compare →
Bizshala
1w ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन
Compare →

Related Stories

Health & Wellness
Build #2612