Trending
Prev Story
Next Story

अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

Ekantipur •
November 21, 2026 • 01:02 AM
3
3 reads 0 reactions

मन्त्री सस्मित पोखरेलका अनुसार फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्ता दिइएको छ र डिसेम्बरमा निर्वाचनको रोडम्याप आउनेछ।

अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

मन्त्री सस्मित पोखरेलका अनुसार फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्ता दिइएको छ र डिसेम्बरमा निर्वाचनको रोडम्याप आउनेछ।

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएको जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।

'अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,' उनले पत्रकार सम्मेलनमा भने ।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको पनि उनले बताए ।

'तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ,' मन्त्री पोखरेलले थप भने ।

उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई 'थर्ड पार्टी इन्टरफेरेन्स' का रूपमा बुझेको थियो । तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।

'राज्यले गर्ने काम आफैं गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले केही हस्तक्षेप गर्दैनौं भनेर उहाँहरूलाई जानकारी गरायौं । त्यसमा उहाँहरू सकारात्मक हुनुभयो,' उनले भने ।

सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकूवा गर्ने विषयमा फिफा र एएफसीले ग्रिन सिग्नल दिएको छ । त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन …

#फिफा #निर्वाचन #निलम्बन
Compare →
Hamro Patro News
1d ago
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेट गरेका छन्। बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफ...

#फिफा #पोखरेल #एन्फा
Compare →
Nagarik News
1d ago
राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

#निलम्बन #एन्फा #फुकुवा
Compare →
Arthasansar
1d ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

#निलम्बन #एन्फा #फुकुवा
Compare →

Related Stories

Sports
Build #2612