Trending
Prev Story
Next Story

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

Arthasansar •
November 19, 2026 • 09:04 AM
5
5 reads 0 reactions

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले नोभेम्बर १९ अर्थात् मंसिर ३ गते गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्र बिहीबार एन्फालाई पठाइएको छ । पत्रमा निर्णय भएको मितिदेखि नै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध लागू नहुने उल्लेख छ ।एन्फाले गत अप्रिल ५ (चैत २३) गते राखेपलाई पत्र पठाउँदै आफूहरूमाथिको निलम्बन फुकुवा गर्न अनुरोध गरेको थियो ।

सोही अनुरोध र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार राखेपले प्रतिबन्ध हटाउने निर्णय गरेको जनाएको छ । यस निर्णयसँगै एन्फामाथि राखेपले लगाएका सबै प्रकारका प्रशासनिक तथा आर्थिक बन्देज समाप्त भएका छन् । राखेपले प्रतिबन्ध फुकुवाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले नोभेम्बर १९ अर्थात् मंसिर ३ गते गरेको निर्ण...

#राखेप #प्रशासनिक #प्रतिबन्ध
Compare →
Onlinekhabar
5h ago
एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन …

#राखेप #प्रशासनिक #एन्फा
Compare →
Nagarik News
2h ago
राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

#राखेप #एन्फा #प्रतिबन्ध
Compare →
Ekantipur
5h ago
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा

एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।

#राखेप #प्रतिबन्ध #निलम्बन
Compare →

Related Stories

Politics & Governance
Build #2612