Trending
Prev Story
Next Story

एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा

Ekantipur •
November 19, 2026 • 06:02 AM
4
4 reads 0 reactions

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।

एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।

आजै शिक्षा तथा खेलकुद मन्त्री समित पोखरेलले एसियाली फुटबल महासंघ (एएफसी)  बैठकका अवसरमा एएफसी र फिफाका प्रतिनिधिसँग थाइल्यान्डमा भेट गर्दै छन् । सोही सन्दर्भमा राखेपले केहीबेरअघि सूचना सार्वजनिक गरेर एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै निर्णयबारे जानकारी गराएका छन् । पत्रमा एन्फाले ५ अप्रिल २०२६ मा पत्रमार्फत गरेको अनुरोध र यसअघि राखेपले जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ ।

राखेपले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत गराएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले राखेपबाट निलम्बन फुकुवाको पत्र प्राप्त भएको कान्तिपुरलाई बताए ।

राखेपले गत माघमा एन्फामाथि प्रतिबन्ध लगाएपछि थर्ड पार्टी इन्टरफरेन्स भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई प्रतिबन्ध लगाएको थियो ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले नोभेम्बर १९ अर्थात् मंसिर ३ गते गरेको निर्ण...

#निलम्बन #प्रतिबन्ध #फुकुवा
Compare →
Onlinekhabar
1h ago
एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन …

#निलम्बन #फुकुवा #राखेप
Compare →
Nagarik News
2w ago
नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।

#प्रतिबन्ध #फुकुवा
Compare →
Arthasansar
2w ago
सरकारले गर्यो एनप्याब्सनलाई निलम्बन

सरकारले गर्यो एनप्याब्सनलाई निलम्बन

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८...

#निलम्बन
Compare →

Related Stories

Sports
Build #2612