Trending
Prev Story
Next Story

सरकारले गर्यो एनप्याब्सनलाई निलम्बन

Arthasansar •
October 30, 2026 • 12:05 PM
1
1 reads 0 reactions

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८...

सरकारले गर्यो एनप्याब्सनलाई निलम्बन

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ ।

उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार एनप्याब्सनले सरकारबाट स्वीकृत विधान तथा सङ्गठनको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको पाइएको छ ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मङ्सिर १२ गते जारी गरेको निर्देशनबमोजिम काम गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनअनुसार कार्य गरेको नदेखिएकाले संगठनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार निलम्बनको निर्णय गरिएको सूचनामा उल्लेख छ ।

मन्त्रालयले सूचना जारी भएपछि एनप्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिएको छ । त्यस्ता गतिविधि भए प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
19h ago
आवासीय र स्मार्ट विद्यालय बनाउन दिपशिखामा महायज्ञ सुरु

आवासीय र स्मार्ट विद्यालय बनाउन दिपशिखामा महायज्ञ सुरु

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयलाई आवासीय तथा स्मार्ट विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञ...

#आवासीय #विद्यालय
Compare →

Related Stories

Politics & Governance
Build #2612