काठमाडौँ । इटालीका करिब ६ हजार ३०० सरकारी विद्यालयहरूमा इमेलमार्फत बम पड्काउने धम्की आएको छ । यद्यपि, त्यहाँका शिक्षामन्त्री ग्युसेपे वाल्दिताराले यो कुनै वास्तविक खतरा नभई ‘साइबर आक्रमण’ जस्तो देखिएको बताएका छन् ।
अधिकारीहरूका अनुसार बुधबार देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० वटाको आधिकारिक इमेलमा एकै प्रकारको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयहरूलाई भने यस्तो कुनै धम्की आएको छैन ।
Read full story at source ( ratopati.com )