Trending
Prev Story
Next Story

चुनावको मिति राजनीतिक सहमतिमा

Hamro Patro News •
November 21, 2026 • 12:17 AM
2
2 reads 0 reactions

काठमाडौँ, मङ्सिर ५ गते । निर्वाचन आयोगले राजनीतिक सहमतिका आधारमा आगामी निर्वाचनको मिति तोक्नुपर्ने धारणा अघि सारेको छ  । आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका सन्दर्भमा शुक्रबार आयोगको कार्यालयम...

1 / 2
Swipe Photos

काठमाडौँ, मङ्सिर ५ गते । निर्वाचन आयोगले राजनीतिक सहमतिका आधारमा आगामी निर्वाचनको मिति तोक्नुपर्ने धारणा अघि सारेको छ । आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका सन्दर्भमा शुक्रबार आयोगको कार्यालयमा आयोजित राष्ट्रिय दलको मान्यता पाएका दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले राजनीतिक सहमतिका आधारमा आगामी निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी निर्वाचनका समग्र पक्षका बारेमा दलहरूसँग छलफल भएको बताउनुभयो । बताउनुभयो । “निर्वाचनका लागि प्रमुख सरोकारवाला राजनीतिक दलहरू नै हुन्, त्यसैले निर्वाचनको सम्भावित समयका विषयमा दलहरूलाई जानकारी गराएका छौँ,” उहाँले भन्नुभयो, “दलका नेताहरूले पार्टीभित्र छलफल गरेर निर्वाचनका विषयमा धारणा बनाउने बताउनुभएको छ ।” स्थानीय तह र प्रदेश सभाको चुनाव एउटै समयमा गर्ने कि फरक फरक समयमा गर्ने भनी बहस चलिरहेका बेला आयोगले बोलाएको बैठकमा सहभागी दलका नेताहरूले पनि राजनीतिक सहमतिका आधारमा चुनावको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग

स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले अरु होइन, दलकै शीर्ष नेतृत्वलाई सहभागी हुन पत्र पठाएको छ । पत्रमा एजेण्डाबारे भनिएको छ, …

#निर्वाचन #दलहरू #चुनाव
Compare →
Ekantipur
11h ago
प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न रास्वपा र कांग्रेस सहमत, अन्य दलको फरक मत

प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न रास्वपा र कांग्रेस सहमत, अन्य दलको फरक मत

निर्वाचन आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय मान्यता प्राप्त दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपासँग छलफल गरी धारणा बुझेको हो ।

#निर्वाचन #दलहरू
Compare →
Bizshala
18h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#निर्वाचन #दलहरू
Compare →
Nagarik News
23h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#निर्वाचन #दलहरू
Compare →

Related Stories

Politics & Governance
Build #2612