दोहामा भएको खेलमा नेपाल २६ रनमा अलआउट भएपछि ३ सय ६ रनको हार बेहोर्न बाध्य भएको हो ।
काठमाडौँ — नेपाल एसिया कप राइजिङ स्टार्समा शुक्रबार भारत ‘ए’ सँग ठूलो अन्तरले पराजित भएको छ । दोहामा भएको खेलमा नेपाल २६ रनमा अलआउट भएपछि ३ सय ६ रनको हार बेहोर्न बाध्य भएको हो ।
पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले नौ विकेट गुमाएर ३ सय ३२ रन बनाएको थियो । त्यसको जवाफमा नेपाल ११.३ ओभरमै अलआउट भएको थियो । लिस्ट ‘ए’ क्रिकेटमा नेपालको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो ।
भारतीय टिमका लागि कप्तान तिलक वर्माले १ सय ७ र कुमार कुशाग्राले १ सय १७ रन बनाए । नेपाली बलरमध्ये ललित राजवंशी र कप्तान सन्दीप लामिछानेले तीन/तीन विकेट लिए ।
जवाफमा नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका पाँच ब्याटर शून्यमै आउट भए । पवन सर्राफ र रसिद खानले बनाएको ६/६ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । भारतीय बलरमध्ये हरसित राणाले १६ रन दिएर चार तथा प्रिन्स यादवले ६ रन दिएर पाँच विकेट लिए ।