Trending
Prev Story
Next Story

भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । …

भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ ।

शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १२औं ओभरमा २६ रनमा अलआउट भयो ।

नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफ र रासिद खानले सर्वाधिक समान ६ रन बनाए ।

भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित रानाले ४ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।

त्यसअघि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।

कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए । त्यसअघि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए ।

भारत ४२-३ को अवस्थामा हुँदादेखि कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको शानदार दोहोरो शतकीय साझेदारी बनाए ।

भारतको स्कोर २४८ हुँदा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक बनाएपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
48m ago
भारत ए सँग नेपाल ३०६ रनले पराजित, २६ रनमै अलआउट

भारत ए सँग नेपाल ३०६ रनले पराजित, २६ रनमै अलआउट

काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोली भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ । शुक्रबार राति दोहामा भएको खेलमा भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेप...

#भारत #सँग #रनमै
Compare →
Arthasansar
9h ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#भारत #राइजिङ #सँग
Compare →
Ekantipur
31m ago
नेपाल भारत ‘ए’ सँग ठूलो अन्तरले पराजित

नेपाल भारत ‘ए’ सँग ठूलो अन्तरले पराजित

दोहामा भएको खेलमा नेपाल २६ रनमा अलआउट भएपछि ३ सय ६ रनको हार बेहोर्न बाध्य भएको हो ।

#भारत #सँग
Compare →
Nagarik News
5h ago
एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

#भारत #राइजिङ
Compare →
Bizshala
7h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →

Related Stories

World News
Build #2612