Trending
Prev Story
Next Story

सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता

Ekantipur •
November 20, 2026 • 04:02 PM
2
2 reads 0 reactions

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतापछि ३ पटक आयोगहरू गठन भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा छानबिन, कारबाही र पीडितलाई न्याय सुनिश्चित हुन नसक्नु चिन्ताजनक भएको जनाएको छ ।

सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतापछि ३ पटक आयोगहरू गठन भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा छानबिन, कारबाही र पीडितलाई न्याय सुनिश्चित हुन नसक्नु चिन्ताजनक भएको जनाएको छ  ।

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

शान्ति सम्झौताको २० वर्ष पुगेको सन्दर्भमा आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याएर पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा ५ मंसिर २०६३ मा नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएपछि कतिपय विषय सम्पन्न भइसके पनि द्वन्द्वकालीन गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई न्याय प्रदान गर्ने कार्यमा आशातीत प्रगति हुन नसकेको उल्लेख छ । शान्ति सम्झौताको दफा ५.२.५ बमोजिम विगतमा ३ पटकसम्म आयोगहरू गठन भए पनि परिणाम आउन नसक्नु चिन्ताजनक रहेको आयोगको ठहर छ ।

हाल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन अवस्थामा रहेको र नयाँ सरकारले समेत आयोग गठनमा प्राथमिकताका साथ सक्रियता नदेखाउँदा वर्षौंदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूको आशा निराशामा परिणत भएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि कानुन संशोधन नभएकाले काम गर्न कठिन भएको भनिए पनि अहिले कतिपय कानुन संशोधन भइसकेको अवस्थामा समेत पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित हुन नसक्नुलाई आयोगले अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ ।

आयोगले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय र प्रभावकारी बनाउन पीडित केन्द्रित दृष्टिकोण, सत्य जान्न पाउने अधिकार, न्यायसहितको परिपूरण र घटना नदोहोरिने सुनिश्चितता आवश्यक रहेको औँल्याएको छ । यसका लागि अब गठन हुने आयोगहरूलाई पर्याप्त जनशक्ति तथा भौतिक स्रोतसाधनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पीडितलाई प्राथमिकतामा राखी दण्डहीनताको अन्त्य तथा पीडित र साक्षीको संरक्षणको कानुनी, नीतिगत र व्यावहारिक सुनिश्चितता गर्दै पीडितहरूको समेत अर्थपूर्ण सहभागितामा स्वतन्त्र र विश्वसनीय आयोग गठन गरी सङ्क्रमणकालीन न्यायलाई शीघ्र निष्कर्षमा पुर्‍याउन आयोग नेपाल सरकार तथा सम्बन्धित सबैमा आह्वान गर्दछ ।’

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
51m ago
सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता

सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता

सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतापछि ३ पटक आयोगहरू गठन भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा छानबिन, कारब...

#अधिकार #न्याय #मानव
Compare →
Nagarik News
1h ago
विस्तृत शान्ति सम्झौताको २० वर्ष

विस्तृत शान्ति सम्झौताको २० वर्ष

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

#अधिकार #न्याय #मानव
Compare →
Onlinekhabar
13h ago
शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

२०६३ मङ्सिर ५ गते अर्थात् दुई दशकपहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले देशमा जारी विद्यमान एक दशक लामो सशस्त्र …

#शान्ति #सङ्क्रमणकालीन #न्याय
Compare →

Related Stories

World News
Build #2612