कान्तिपुर मिडिया ग्रुपले शुक्रबार कोशी प्रदेको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा गभर्नर विश्वनाथ पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कामय रहेकाले लगानीको लागि अहिले सबैभन्दा राम्रो समय भएको बताएका हुन् ।
विराटनगर — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकमा लगानीका लागि अहिले सबैभन्दा राम्रो समय रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शुक्रबार कोशी प्रदेको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा गभर्नर पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कामय रहेकाले लगानीको लागि अहिले सबैभन्दा राम्रो समय भएको बताएका हुन् ।
उनले अहिले बैंकहरूसँग पर्याप्त कर्जा लगानीयोग्य रकम रहेको पनि बताए । हाल १५ खर्बभन्दा बढी यस्तो पुँजी रहेको प्रष्ट पारे ।
यस्तै, अर्थतन्त्रमा उपभोग केही मात्रामा भए पनि बढोस् भन्न उदेश्यले हामीले बैंकहरूलाई दसैंअघि नै लाभांस वितरण गर्न भनेका थियौं । यसैअनुसार धेरै बैंकले लाभांस दिए । यसले गर्दा बढी खर्च हुने दसैं-तिहार जस्ता पर्वमा उपभोग बढाउन र अर्थतन्त्र चलायमान बनाउन केही सहयोग पुग्यो । जसले बैंकिङ अनुशासन पनि कायम रहेको देखिन्छ ।
कार्यक्रममा गभर्नर पौडेलले अहिले कर उठ्ति दर राम्रो भएकोले आगामी दिनमा सरकारले खर्च गर्न सक्ने देखिएको बताए ।