Trending
Prev Story
Next Story

निजी क्षेत्रको मनोबल बढाउन लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष सिरोहिया

Ekantipur •
November 20, 2026 • 09:02 AM
1
1 reads 0 reactions

विराटनगरमा शुक्रबार आयोजित ‘उज्यालो पूर्व’ कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नीतिगत स्थिरता र लगानीमैत्री वातावरणबिना निजी क्षेत्रको विस्तार सम्भव नहुने बताएका हुन् ।

निजी क्षेत्रको मनोबल बढाउन लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष सिरोहिया

विराटनगरमा शुक्रबार आयोजित ‘उज्यालो पूर्व’ कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नीतिगत स्थिरता र लगानीमैत्री वातावरणबिना निजी क्षेत्रको विस्तार सम्भव नहुने बताएका हुन् ।

विराटनगर — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सरकारले व्यवसायीको मनोबल उकास्दै नीतिगत स्थिरता सुनिश्चित गर्नु र लगानीका लागि विश्वासिलो वातावरण बनाउनु पर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले कोशी प्रदेशको विराटनगरमा शुक्रबार आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा अध्यक्ष सिरोहियाले सरकारले आर्थिक सुधारको गतिलाई तिव्रता दिने आशा रहेको बताएका छन् ।

उनले ‘उज्यालो पूर्व’ कार्यक्रममा एउटा भौगोलिक क्षेत्रको नामसँग जोडिएको कार्यक्रम मात्रै नभई सम्भावनाप्रतिको विश्वास भएको उनको भनाइ छ । ‘यो आर्थिक रूपान्तरणप्रतिको प्रतिबद्धता हो र उद्यमशीलता विकास र निजी क्षेत्रको प्रवर्द्धनमा संचार क्षेत्रको प्रतिबद्धता पनि हो,’ सिरोहसियाले भने, ‘कोशी प्रदेशको सम्भावनालाई समृद्धिमा बदल्न गर्नुपर्ने पहलबारेको वृहत् बहस पनि हो ।’

नेपाल अहिले आर्थिक र राजनीतिक रुपमा महत्वपूर्ण मोडमा रहेको बताउँदै उनले युवाहरूमा निराशा अझै कम नभएको औंल्याए । ‘रोजगारीका लागि विदेशिने क्रम रोकिएको छैन । निजी क्षेत्रले नीतिगत अनिश्चितता, प्रशासनिक जटिलता र लगानीको कमजोर वातावरणका कारण अपेक्षित उत्साहका साथ काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘अर्थतन्त्रको विस्तार निजी क्षेत्रको मनोबलसँग जोडिएको हुन्छ । उद्यमीले भविष्यप्रति भरोसा गर्न सकेन भने नयाँ लगानी आउँदैन, उद्योग विस्तार हुँदैन र रोजगारी सिर्जना हुँदैन ।’ त्यसैले अहिलेको सबैभन्दा ठूलो आवश्यकता व्यवसायीको मनोबल उकास्नु, नीतिगत स्थिरता सुनिश्चित गर्नु र लगानीका लागि विश्वासिलो वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड थियो । कोशी प्रदेश नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बन्न सक्ने प्रशस्त सम्भावना उनले बताए ।

तर सम्भावना हुनु र त्यसलाई आर्थिक उपलब्धिमा बदल्नु फरक कुरा रहेको उनको भनाइ थियो । ‘हामीले सम्भावनाको चर्चा धेरै गरिसक्यौं, अब त्यसलाई उत्पादन, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता, निर्यात र रोजगारीमा रूपान्तरण गर्नुपर्छ,’ उनले थपे, ‘कोशीले उत्पादनलाई राष्ट्रिय सीमाभित्र मात्र सीमित नराखी विश्वबजारसम्म पुर्‍याउने लक्ष्य राख्नुपर्छ, यसका लागि परम्परागत उद्योग र व्यवसायलाई मात्र हेरेर पुग्दैन ।’ बदलिँदो विश्व अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न नयाँ सोच, नयाँ प्रविधि र नयाँ व्यवसायिक मोडल अपनाउनुपर्नेमा उनको जोड थियो । कान्तिपुर मिडिया ग्रुपले ‘उज्यालो पूर्व’ मार्फत यही बहसलाई अगाडि बढाउन खोजेको उनले जनाए ।

आर्थिक समृद्धि भाषण र घोषणाले मात्र सम्भव नहुने भन्दै उनले यसका लागि लगानी चाहिने बताए । ‘उद्यमशीलता चाहिन्छ, उत्पादन चाहिन्छ, प्रतिस्पर्धा चाहिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, भविष्यप्रतिको विश्वास चाहिन्छ,’ सिरोहीयाले भने, ‘सबैभन्दा ठूलो कुरा मनोबल उच्च हुनुपर्छ ।’

उद्यमशीलतालाई प्रवर्द्धन गर्दै औद्योगिकरणको तीव्र विस्तारमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । ‘हाम्रा सम्भावनाहरूलाई सहज रुपमा उजागर गरी काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । कामका लागि दैनिक २ हजार युवा विदेशिनु सुखद् होइन । औद्योगिकीकरणमा हामीले बढी समय बितायौं भने स्वदेशमै रोजगारी सम्भव छ,’ उनले भने, ‘वर्तमान सरकार गठन भएको ८ महिना हुँदैछ । धेरै सूचक अनुकुल छन् । बैंकमा उच्च रकम छ । तर त्यो रकम लिन उद्यमीलाई प्रोत्साहित गरिनुपर्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
2h ago
लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

काठमाण्डौ । सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको लगानी आकर्षण तथा पूर्वाधार विकासलाई गति...

#लगानीको #वातावरण
Compare →

Related Stories

Business & Economy
Build #2612