Trending
Prev Story
Next Story

तेक्वान्दाे: दिपेशले विश्व पारा तेक्वान्दोमा जिते रजत पदक

Ekantipur •
November 20, 2026 • 01:32 PM
3
3 reads 0 reactions

नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुमा आयोजित ११ औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।

तेक्वान्दाे: दिपेशले विश्व पारा तेक्वान्दोमा जिते रजत पदक

नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुमा आयोजित ११ औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।

काठमाडौं — नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा आयोजित ११ औँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।

पुरुष के ४१ क्याटगोरीको ५८ केजीमुनि दिपेशले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा टर्कीका कोसे साबितलाई १४–४ अ‌ंकको आधारमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए । स्वर्ण पदक भिडन्तमा भने दिपेश रुसका याकुपोभ रिनाटसँग पराजित भए ।

नेपालले विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि यो उपलब्धि हात पारेको हो । यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौ‌ं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले पदक जितेका थिए ।

दिपेशसहित प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन् । के ४४ को पुरुष ६३ केजीमुनि अमिर भ्लोनले शनिबार इरानका अलिजादेह अरब एविरुद्ध खेल्नेछन् । नेपाली टोलीको टिम म्यानेजर हेमन्त डाँगी र टिम प्रशिक्षक कविराज नेगी लामा छन् ।

प्रतियोगितामा ६४ राष्ट्रका २ सय ४५ खेलाडीको सहभागिता रहेको प्रशिक्षक लामाले जनाए । उद्घाटन समारोहको मार्च पासमा अमिर भ्लोनले नेपालको झण्डा बोकेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक

४ मंसिर, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी दीपेश महतले दक्षिण कोरियामा जारी ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी–१४) मा रजत पदक जितेका छन् । दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा बिहीबार भएको प्रतियोगिताको पुरुष ५८ केजीमुनि के–४१ …

#पारा #तेक्वान्दो #पदक
Compare →
Hamro Patro News
5d ago
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्। नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा र...

#तेक्वान्दो #पदक
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने

दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ।

#पदक #रजत
Compare →

Related Stories

Sports
Build #2612