Trending
Prev Story
Next Story

कृषिमा परनिर्भरता बढ्नुमा हामी सबै जिम्मेवार छौं : अनिलकुमार शाह

Ekantipur •
November 20, 2026 • 11:32 AM
3
3 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा व्यवसायी अनिलकुमार शाहले नेपाल कुनै समय धान र चामल निर्यात गर्ने अवस्थामा रहे पनि अहिले दाल, धान र गहुँजस्ता खाद्यान्नमा समेत परनिर्भर बन्न पुगेको बताए ।

कृषिमा परनिर्भरता बढ्नुमा हामी सबै जिम्मेवार छौं : अनिलकुमार शाह

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा व्यवसायी अनिलकुमार शाहले नेपाल कुनै समय धान र चामल निर्यात गर्ने अवस्थामा रहे पनि अहिले दाल, धान र गहुँजस्ता खाद्यान्नमा समेत परनिर्भर बन्न पुगेको बताए ।

विराटनगर — व्यवसायी अनिलकुमार शाहले नेपालको कृषि उत्पादन घट्दै जानु र खाद्यान्नमा परनिर्भरता बढ्नुमा सरकार, किसान र व्यवसायी सबै जिम्मेवार रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा उनले नेपाल कुनै समय धान र चामल निर्यात गर्ने अवस्थामा रहे पनि अहिले दाल, धान र गहुँजस्ता खाद्यान्नमा समेत परनिर्भर बन्न पुगेको बताए ।

आफ्नो परिवारको परम्परागत व्यवसाय नै कृषि उपजको व्यापार रहेको उल्लेख गर्दै उनले विगतमा नेपालबाट बंगलादेश र भारतमा धान तथा चामल निर्यात हुने गरेको स्मरण गरे । तर, अहिले कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्दा आयातमा निर्भर हुनुपरेको उनको भनाइ थियो ।

शाहले प्रजातन्त्रको परिवर्तनपछि वैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर ल्याएको पैसाले किनेर खाने प्रवृत्ति बढ्दै गएको बताए । सहजै बजारबाट खाद्यान्न किन्न सकिने भएपछि उत्पादनमा लाग्नुभन्दा उपभोगमा रमाउने बानी विकास भएको उनको विश्लेषण छ । ‘हामीकहाँ माटोमा काम गर्ने मान्छे भेट्न मुस्किल छ । मोरङ, झापा र सुनसरीका दक्षिणी क्षेत्रमा समेत भारतबाट मजदुर ल्याएर खेती गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

कृषि क्षेत्रमा देखिएको समस्याका लागि किसान, व्यवसायी र सरकार सबैले जिम्मेवारी लिनुपर्ने शाहको भनाइ छ । उनका अनुसार किसानले समयमा मल र बीउ पाउन सकेका छैनन् भने सिँचाइको समस्या पनि वर्षौंदेखि उस्तै छ । कोशी नदीजस्तो ठूलो जलस्रोत उपलब्ध हुँदाहुँदै पनि पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न नसक्नु विडम्बना भएको उनले बताए । ‘यत्रो कोशी नदी छ, तर कुलो बनाएर राम्रो सिँचाइको व्यवस्था गर्न सकिरहेका छैनौँ । हाम्रो पानी भारततर्फ लगेर त्यहाँ सिँचाइ भइरहेको छ तर आफ्नै किसानलाई समयमा बीउ र मल दिन सकिरहेका छैनौँ,’ उनले भने ।

सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको उल्लेख गर्दै शाहले किसानलाई उत्पादनमा आकर्षित गर्ने प्रभावकारी नीति, समयमै मल तथा बीउको उपलब्धता र भरपर्दो सिँचाइ व्यवस्था आवश्यक रहेको बताए । उनले कृषि उत्पादन वृद्धि गरी कोशी प्रदेशका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन सरकार, निजी क्षेत्र र किसानबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
किसानका पीडा : उत्पादन छ, मूल्य छैन

किसानका पीडा : उत्पादन छ, मूल्य छैन

सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।

#धान #उत्पादन
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ।

#शाह
Compare →
Bizshala
6h ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#उत्पादन #कृषिमा
Compare →
Arthasansar
3d ago
सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर...

#शाह
Compare →
Onlinekhabar
3d ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । ०७७, २०७९, २०८० र २०८२ सालमा पनि  शाह …

#शाह
Compare →

Related Stories

Business & Economy
Build #2612