Trending
Prev Story
Next Story

नेपालगञ्जमा रगत अभाव

Onlinekhabar •
November 20, 2026 • 10:00 AM
3
3 reads 0 reactions

४ मंसिर, बाँके । चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको बताए । ‘नेपालगञ्जका …

नेपालगञ्जमा रगत अभाव

४ मंसिर, बाँके । चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको बताए ।

‘नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ’, उनले भने ।

रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पुर्‍याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताए ।

उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उनले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताए ।

उनले भने, ‘अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन ।’

उनले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवर्द्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रक्तदान भइरहेको जानकारी दिँदै रगत लिने दिने प्रणालीबाट पनि समस्याको समाधान भइरहेको बताए ।

उनले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या नआएको उल्लेख गर्दै आवश्यक पर्दा स्वयंसेवी रक्तदातामार्फत रगतको अभाव हटाइएको बताए ।

४५ पटकसम्म रक्तदान गर्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिएपछि दिनु पनि पर्छ भन्ने भावनाको विकास सबैमा हुनुपर्ने उल्लेख गर्दै जन्मदिन र वैवाहिक उत्सवमा पनि रक्तदान गर्ने प्रचलन बढन थालेको बताए ।

उनले कम्तीमा वर्षमा दुई पटक भए पनि रक्तदानका लागि कार्यक्रम बनाउन स्थानीय सरकारसँग आग्रह गरे ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
रगत अभावलाई राहत: नेपाली काँग्रेस ललितपुर–१३ ले गर्‍यो रक्तदान र इकाई कार्यालय उद्घाटन

रगत अभावलाई राहत: नेपाली काँग्रेस ललितपुर–१३ ले गर्‍यो रक्तदान र इकाई कार्यालय उद्घाटन

ललितपुर। नेपाली काँग्रेस १३ नम्बर वडा कार्यसमितिले रक्तदान एवं भेला आयोजना गरेको छ । देशैभर रगत अभाव भइरहेको अवस्थामा सो कार्यक्रम आयोजना गरेको हो । नेपाली काँग्रेसका महामन्त्री उदयशम्सेर राणाले प...

#रगत #अभाव
Compare →
Nagarik News
1w ago
संरक्षणको अभावमा कान्तिताल

संरक्षणको अभावमा कान्तिताल

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ।

#नेपालगञ्ज #अभाव
Compare →
Ekantipur
1w ago
अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

आर्थिक अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई तिहारमा घरदेखि माइतीसम्म र फर्किँदा घरसम्म पुर्‍याउन खोटाङमा निःशुल्क बाइक सेवा सुरु गरिएको छ ।

#अभाव
Compare →
Bizshala
2w ago
नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा मेसिन ग्राहकलाई हस्तान्तरण

नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा मेसिन ग्राहकलाई हस्तान्तरण

काठमाण्डौ । नेपालका लागि JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.ले...

#नेपालगञ्ज
Compare →

Related Stories

National (Nepal)
Build #2612