Trending
Prev Story
Next Story

गुल्मीको रिडी-तम्घास सडकखण्डमा टाइम कार्ड लागु

Ekantipur •
November 20, 2026 • 09:32 AM
3
3 reads 0 reactions

सडक सहज बनेपछि तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढेकाले प्रहरीले टाइम कार्ड लागू गरेको हो।

गुल्मीको रिडी-तम्घास सडकखण्डमा टाइम कार्ड लागु

सडक सहज बनेपछि तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढेकाले प्रहरीले टाइम कार्ड लागू गरेको हो।

गुल्मी — गुल्मीको रिडी-तम्घास सडकखण्डमा टाइम कार्ड लागु भएको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत यस खण्डमा सडक सहज बनेपछि सवारीसाधनकाे गति तीव्र बनेको थियो ।

तीव्र गतिका कारण सवारीसाधन दुर्घटना हुने डरले टाइम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बाेगटीले बताए । उनले अब सवारीसाधन दुर्घटनामा कमी आउने बिश्वास व्यक्त गरे ।

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार ४५ किलोमिटर रहेको यस खण्डमा प्रतिघण्टा ४० किलोमिटरको गति तोकिएको छ।

रिडीदेखि रुन्खादहसम्म फराकिलो सहज पक्की सडक बनेको छ । जसका कारण सवारीसाधनकाे गति तीव्र हुने गरेकाे छ । हाल उक्त तीव्र गति अब कमी आउने प्रहरीको विश्वास छ । टाइम कार्ड श्रृङ्गा र रिडीमा जाँच हुनेछ । जसका लागि ट्राफिक प्रहरी परिचालित गरिएको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागु

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागु

जिल्ला प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्न चार पाङग्रे सवारीमा टाइम कार्ड लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार मदन भण्डारी...

#टाइम #कार्ड #गुल्मी
Compare →
Onlinekhabar
10h ago
राम्रो मूल्य र बजार मागले गुल्मीका किसान किवी खेतीतर्फ आकर्षित

राम्रो मूल्य र बजार मागले गुल्मीका किसान किवी खेतीतर्फ आकर्षित

४ मंसिर, गुल्मी । गुल्मीमा पछिल्लो समय किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम मेहनतमा लामो समयसम्म उत्पादन लिन सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका …

#गुल्मी
Compare →

Related Stories

National (Nepal)
Build #2612