Trending
Prev Story
Next Story

संवैधानिक इजलास गठनको गाँठो कहिले फुक्छ ?

Ekantipur •
November 20, 2026 • 09:32 AM
3
3 reads 0 reactions

विगतमा पनि पटक–पटक संवैधानिक इजलास गठनको विषयलाई लिएर प्रश्न उठेका थिए । यस पटक प्रधानन्यायाधीश शर्माले संवैधानिक इजलास गठन गर्ने आफ्नो संवैधानिक अधिकार भन्दै ‘पिक एन्ड चुज’ शैलीमा न्यायाधीश तोकेपछि पुनः विवाद भएको हो ।

1 / 2
Swipe Photos

विगतमा पनि पटक–पटक संवैधानिक इजलास गठनको विषयलाई लिएर प्रश्न उठेका थिए । यस पटक प्रधानन्यायाधीश शर्माले संवैधानिक इजलास गठन गर्ने आफ्नो संवैधानिक अधिकार भन्दै ‘पिक एन्ड चुज’ शैलीमा न्यायाधीश तोकेपछि पुनः विवाद भएको हो ।

काठमाडौँ — सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनलाई लिएर देखिएको विवाद र मतभिन्नताका कारण असोज २१ यता इजलास बस्न सकेको छैन । लामो समयसम्म इजलास गठन नहुँदा संवैधानिक इजलासमा २ सयभन्दा बढी  मुद्दा विचाराधीन अवस्थामा थन्किएका छन् ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माले संवैधानिक इजलास गठनमा न्यायाधीश छनोटलाई आफ्नो संवैधानिक अधिकार बताइरहँदा सर्वोच्च अदालतकै केही न्यायाधीश र नेपाल बार एसोसिएसनले भने यसलाई अधिकारभन्दा पनि संवैधानिक कर्तव्य भन्दै स्पष्ट मापदण्ड र पारदर्शी प्रक्रियाको माग गरिरहेका छन् ।

संवैधानिक इजलासको रोस्टरमा रहेका १० न्यायाधीशमध्येबाट प्रधानन्यायाधीशले इजलासमा बस्ने न्यायाधीश तोक्ने अभ्यास छ । शर्माले पनि यही अभ्यास गर्दै आएका थिए ।

विगतमा पनि पटक–पटक संवैधानिक इजलास गठनको विषयलाई लिएर प्रश्न उठेका थिए । त्यतिबेला वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने सहमति भएपछि समाधान भएको थियो । तर, यस पटक प्रधानन्यायाधीश शर्माले संवैधानिक इजलास गठन गर्ने आफ्नो संवैधानिक अधिकार भन्दै ‘पिक एन्ड चुज’ शैलीमा न्यायाधीश तोकेपछि पुनः विवाद भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध …

#संवैधानिक #इजलास
Compare →
Hamro Patro News
3d ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#इजलास #संवैधानिक
Compare →
Nagarik News
36m ago
मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन्।

#गठन
Compare →

Related Stories

National (Nepal)
Build #2612