Trending
Prev Story
Next Story

सर्वोच्च अदालतमा थपिएका ४ न्यायाधीशले सुरु गरे काम, तोकियो इजलास

Ekantipur •
November 17, 2026 • 10:02 AM
2
2 reads 0 reactions

संसदीय सुनुवाईबाट अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ती पाएका ४ न्यायाधीशले मंगलबार इजलासमा बसेर मुद्दाको सुनुवाई गरेसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ ।

सर्वोच्च अदालतमा थपिएका ४ न्यायाधीशले सुरु गरे काम, तोकियो इजलास

संसदीय सुनुवाईबाट अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ती पाएका ४ न्यायाधीशले मंगलबार इजलासमा बसेर मुद्दाको सुनुवाई गरेसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ ।

काठमाडौं — सर्वोच्च अदालतमा थपिएका ४ न्यायाधीशले मंगलबारदेखि काम सुरु गरेका छन् । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त गरेका थिए ।

लामो समयपछि सर्वोच्च अदालत २० न्यायाधीश भएका छन् । संसदीय सुनुवाईबाट अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ती पाएका ४ न्यायाधीशले मंगलबार इजलासमा बसेर मुद्दाको सुनुवाई गरेसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको हो ।

अझै पनि सर्वोच्चमा एक पद रिक्त छ । विनोद शर्माले कात्तिकको पहिलो साता अवकाश पाएका थिए । सर्वोच्चमा लामो समयदेखि ४ न्यायाधीशको पद रिक्त थियो ।

मंगलबार नयाँ न्यायाधीशसहित १० वटा इजलास तोकिएको थियो । गोलाबाट तोकिएको इजलासमा ३९५ थान मुद्दा पेसी तोकिएको थियो । गोलाबाट तोकिएको पेसीमा नवनियुक्त र पुराना न्यायाधीशहरू मिश्रित इजलास गठन भएको थियो । त्यस्तै 'फिक्सर' इनम सापकोटासँगको विवादपछि बिदामा बसेका न्यायाधीश हरिप्रसाद फुयाँल पनि मंगलबारदेखि नियमित काममा फर्केका छन् । फुयाँल र गोकर्ण डाँगीको इजलास गठन भएको थियो । त्यस्तै प्रधानन्यायाधीश मनोजकुमार शर्माले पनि इजलास लिएका छन् । शर्मा र रत्नबहादुर बागचन्दको इजलास गठन भएको थियो ।

सर्वोच्च अदालतका करिब २९ हजार मुद्दा विचाराधीन छन् । दर्ता हुने क्रम दैनिक रुपमा बढिरहेकाले जनताका मुद्दा धेरै 'व्याकलग' भएको सर्वोच्च आफैले स्वीकार गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
इनम ह्वाट्सएप म्यासेजमा नाम जोडिएका न्यायाधीशहरु अब इजलासमा

इनम ह्वाट्सएप म्यासेजमा नाम जोडिएका न्यायाधीशहरु अब इजलासमा

१ मंसिर, काठमाडौं । इनम सापकोटाको ह्वाट्सएप म्यासेज लिक भएर नाम जोडिएपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरु तिहार बिदा सकिएपछि इजलासमा फर्किन थालेका छन् । प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल मंगलबार इजलासमा सामेल …

#सर्वोच्च-अदालत #न्यायाधीश #इजलास
Compare →
Hamro Patro News
3d ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

काठमाडौं– सर्वोच्च अदालतका लागि नियुक्त भएका चार न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश म...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Arthasansar
4d ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
4d ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Nagarik News
3d ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2612