Trending
Prev Story
Next Story

रुवीभ्याली गाडी दुर्घटना : मृत्यु भएकी एक जनाको सनाखत

Ekantipur •
November 20, 2026 • 04:02 AM
2
2 reads 0 reactions

धादिङको रुवीभ्याली–४ कलदाङमा राति उकालो बाटोबाट बोलेरो खस्दा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो, चालकसहित सात जना घाइते भएका छन्।

रुवीभ्याली गाडी दुर्घटना : मृत्यु भएकी एक जनाको सनाखत

धादिङको रुवीभ्याली–४ कलदाङमा राति उकालो बाटोबाट बोलेरो खस्दा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो, चालकसहित सात जना घाइते भएका छन्।

काठमाडौँ — उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४, कलदाङमा गएराति बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीया छेनेन तामाङ रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

लापाबाट बोराङको बतासे एकादशी जात्रातर्फ जाँदै गरेको बा.प्र. ०२–०३३ च ७१६९ नम्बरको बोलेरो राति करिब १ बजेर ३० मिनेटमा उकालो बाटोमा अनियन्त्रित भई करिब २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई सुरुमा बोराङ स्वास्थ्य चौकी लगिएको थियो । तीमध्ये स्थानीय स्तरमा उपचार सम्भव नभएका ६ जना घाइतेलाई बिहान साढे ८ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलको बीओपी तिप्लिङबाट सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार कार्कीको कमान्डमा सुरक्षा टोली खटिएको छ ।

पोषनाथ अधिकारी कान्तिपुर मिडिया ग्रुपका धादिङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा ...

#मृत्यु #घाइते #दुर्घटना
Compare →
Onlinekhabar
23h ago
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन …

#मृत्यु #घाइते #दुर्घटना
Compare →
Nagarik News
3d ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#मृत्यु #घाइते #दुर्घटना
Compare →
Arthasansar
3d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612