Trending
Prev Story
Next Story

सिंचाइ आयोजनाका ज्यालादारी कर्मचारीले मुख्य गेटमै ताला लगाए

Ekantipur •
November 20, 2026 • 04:32 AM
5
5 reads 0 reactions

उमेर हदका आधारमा हटाउने निर्णयको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् भने आन्दोलनले आयोजनाको नियमित काम प्रभावित पारेको छ।

सिंचाइ आयोजनाका ज्यालादारी कर्मचारीले मुख्य गेटमै ताला लगाए

उमेर हदका आधारमा हटाउने निर्णयको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् भने आन्दोलनले आयोजनाको नियमित काम प्रभावित पारेको छ।

सर्लाही — बागमती सिंचाइ आयोजना सर्लाही कर्मैयामा कार्यरत ज्यालादारी कर्मचारीहरू सेवा सुविधा, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् ।

उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने निर्णयको विरोध गर्दै उनीहरूले कात्तिक १६ गतेदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरूले कार्यालयको मूल प्रवेशद्वारमा तालाबन्दी गर्नुका साथै धर्नालाई निरन्तरता दिएका छन्। कर्मचारीको आन्दोलनका कारण आयोजनाको नियमित कामकाजसमेत प्रभावित भएको छ ।

ज्यालादारी कर्मचारी परिवारले सेवा सुविधा तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्ने, दैनिक ज्यालादारी कर्मचारीका लागि तोकिएको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिंचाइ नर्म्समा सुधार गर्नुपर्ने र सिंचाइ विभागको पत्रसहित मन्त्रालयमा दर्ता भएको नौ सदस्यीय समितिको सेवा सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग अघि सारेर आन्दोलन थालेको ज्यालादारी कर्मचारी संघर्ष समिति तथा आन्दोलन परिचालन समितिका संयोजक सुरज पासवानले बताए ।

‘हामीले आन्दोलन सुरु गरेको झन्डै तीन साता हुन लाग्यो। यसबीच कोही पनि वार्ता गर्न आएका छैनन्,’ उनले भने, ‘चाडपर्व खर्च र पोसाकको व्यवस्था, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र सबै ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने पनि हाम्रो माग हो। अब पनि माग सम्बोधन नभए अनिश्चितकालीन आन्दोलन जारी राख्छौँ।’

संयोजक पासवानका अनुसार झन्डै तीन दशकदेखि बागमती सिंचाइमा २४४ र मनुस्मारा कार्यालयमा २० गरी २६४ जना ज्यालादारी कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख सुरेन्द्रप्रसाद पौडेलले आन्दोलनकारीको मागका बारेमा विभागमा लेखी पठाइसकेको बताए ।

‘उहाँहरूको माग विभागले सम्बोधन गर्ने हो। हामीले सबै कुरा लेखेर पठाइसकेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कुनै जानकारी आएको छैन। विभागले गर्दै होला ।’

माग सम्बोधनका लागि कर्मचारीले कात्तिक १६ देखि २० गतेसम्म दैनिक बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा कालोपट्टी बाँधेर धर्ना दिएका थिए । त्यसपछि पनि माग सुनुवाइ नभएको भन्दै मंसिर १ गतेदेखि कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरी आन्दोलनलाई थप चर्काएका हुन् ।

संघर्ष समितिले माग सम्बोधन नभए मंसिर ८ देखि १३ गतेसम्म सवारीसाधन प्रवेश गर्ने गेट र कार्यालयको मुख्यद्वार दुवैमा तालाबन्दी गरेर विरोध गर्ने कार्यक्रम तय गरेको छ । संयोजक पासवानले पटक-पटक आन्दोलन गर्दा पनि माग सम्बोधन नभएपछि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइएको बताए ।

उनका अनुसार मंसिर १४ गतेदेखि हेडवर्क्स ब्यारेजका गेटहरू सञ्चालन अवस्थामा राख्दै सम्पूर्ण ज्यालादारी कर्मचारीले काम बहिष्कार गर्ने कार्यक्रम तय गरेका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
34m ago
प्रहरी संगठनमा आईजीपी मनोजकुमार के.सी.को नयाँ पहल, अब तल्लो तहका प्रहरी कर्मचारीले सिधै नेतृत्वसमक्ष गुनासो राख्न पाउने !

प्रहरी संगठनमा आईजीपी मनोजकुमार के.सी.को नयाँ पहल, अब तल्लो तहका प्रहरी कर्मचारीले सिधै नेतृत्वसमक्ष गुनासो राख्न पाउने !

प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.द्वारा आज २०८३ मंसिर ४ गते नेपाल प्रहरी प्रधान कार्यालयमा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको विधिवत् उद्घाटन गरी सेवा प्रारम्भ गरिएको छ। आधारभूत तहका प्रहरी ...

#कर्मचारी
Compare →
Nagarik News
4h ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#आयोजना
Compare →
Onlinekhabar
2d ago
कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन

कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । ‘आन्दोलनको तयारी …

#आन्दोलन #ताला
Compare →
Bizshala
2d ago
राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक...

#कर्मचारी
Compare →
Arthasansar
3d ago
काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली इनर्जी लिमिटेडले ३७.६ मेगावाट क्षमताको काबेली–ए जलविद्युत आयोजनाको सुरुङ उत्खनन कार्यका लागि विभिन्न पदमा ३० जना जनशक्ति माग गरेको...

#आयोजना
Compare →

Related Stories

Technology
Build #2612