Trending
Prev Story
Next Story

प्रहरी संगठनमा आईजीपी मनोजकुमार के.सी.को नयाँ पहल, अब तल्लो तहका प्रहरी कर्मचारीले सिधै नेतृत्वसमक्ष गुनासो राख्न पाउने !

Hamro Patro News •
November 20, 2026 • 08:20 AM
2
2 reads 0 reactions

प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.द्वारा आज २०८३ मंसिर ४ गते नेपाल प्रहरी प्रधान कार्यालयमा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको विधिवत् उद्घाटन गरी सेवा प्रारम्भ गरिएको छ। आधारभूत तहका प्रहरी ...

1 / 2
Swipe Photos

प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.द्वारा आज २०८३ मंसिर ४ गते नेपाल प्रहरी प्रधान कार्यालयमा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको विधिवत् उद्घाटन गरी सेवा प्रारम्भ गरिएको छ। आधारभूत तहका प्रहरी कर्मचारी प्र.का.स देखि प्र.व.ह.का गुनासा, समस्या तथा सुझावलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो। कर्मचारीहरूले उपलब्ध गराइएको अनलाइन फारममार्फत आफ्ना गुनासा पठाउन सक्नेछन्।

तल्लो तहका प्रहरी कर्मचारीका गुनासा, समस्या र सुझावलाई प्रत्यक्ष रूपमा नेतृत्वसम्म पुर्‍याउने यो पहल स्वागतयोग्य छ। संगठनको वास्तविक मेरुदण्ड मानिने आधारभूत तहका प्रहरी कर्मचारीको आवाज सुनिनु र समस्याको निष्पक्ष सम्बोधन हुनु सकारात्मक कदम हो। तर गुनासा संकलनमा मात्र सीमित नभई समयमै सुनुवाइ, गोपनीयता र प्रभावकारी कार्यान्वयनसमेत सुनिश्चित हुनुपर्छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
आधारभूत तहका प्रहरीका गुनासो सम्बोधन गर्न एसपीको कमाण्डमा बनाइयो टोली

आधारभूत तहका प्रहरीका गुनासो सम्बोधन गर्न एसपीको कमाण्डमा बनाइयो टोली

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीको आधारभूत तह (प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म)का कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली नै गठन गरेको छ । अपराध अनुसन्धान विभागका एसपी गोविन्द पुरीको नेतृत्वमा …

#कर्मचारी #गुनासो #आधारभूत
Compare →
Ekantipur
4h ago
सिंचाइ आयोजनाका ज्यालादारी कर्मचारीले मुख्य गेटमै ताला लगाए

सिंचाइ आयोजनाका ज्यालादारी कर्मचारीले मुख्य गेटमै ताला लगाए

उमेर हदका आधारमा हटाउने निर्णयको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् भने आन्दोलनले आयोजनाको नियमित काम प्रभावित पारेको छ।

#कर्मचारी
Compare →
Nagarik News
5h ago
आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्दै एमाले

आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्दै एमाले

नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दैछ।

#तहका
Compare →
Bizshala
2d ago
राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक...

#कर्मचारी
Compare →
Arthasansar
1w ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →

Related Stories

Technology
Build #2612