काबेली इनर्जी लिमिटेडले ३७.६ मेगावाट क्षमताको काबेली–ए जलविद्युत आयोजनाको सुरुङ उत्खनन कार्यका लागि विभिन्न पदमा ३० जना जनशक्ति माग गरेको छ। कम्पनीले इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।
कम्पनीले सार्वजनिक गरेको जनशक्ति आवश्यकतासम्बन्धी सूचनाअनुसार ड्रिलर (Driller) पदमा ८ जना, सटक्रिटर (रोबोटिक मेसिन अपरेटर) पदमा २ जना, वेल्डर पदमा ६ जना, मेसन पदमा ४ जना र हेल्पर पदमा १० जना आवश्यक रहेको छ।
उक्त आयोजनाको कार्यस्थल पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा रहनेछ। जलविद्युत् आयोजनाको सुरुङ उत्खनन कार्यका लागि आवश्यक जनशक्ति छनोट गर्न कम्पनीले आवेदन खुलाएको जनाएको छ।
इच्छुक व्यक्तिहरूले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरको दोस्रो तलामा आवेदन बुझाउन सक्नेछन्। थप जानकारी तथा आवेदनसम्बन्धी समन्वयका लागि प्रशन्ना न्यौपानेलाई ९७४६८९९३९४ नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ।