काठमाडौँ । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ । युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जेयोदीबिच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो ।
त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास तथा सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गरेकाे उनको सचिवालयले जनाएको छ ।
Read full story at source ( ratopati.com )