Trending
Prev Story
Next Story

पार्टी कसैले हाइज्याक गर्न सक्दैन : देउवा

Ekantipur •
November 14, 2026 • 04:02 PM
2
2 reads 0 reactions

पूर्वसभापति देउवा पक्षले शनिबार आयोजना गरेको ललितपुर जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीको इतिहास, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे धारणा राखेका थिए ।

पार्टी कसैले हाइज्याक गर्न सक्दैन : देउवा

पूर्वसभापति देउवा पक्षले शनिबार आयोजना गरेको ललितपुर जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीको इतिहास, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे धारणा राखेका थिए ।

काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कसैले चाहँदैमा कांग्रेसलाई ‘हाइज्याक’ गर्न नसक्ने बताएका छन् । सहिदहरूको लामो त्याग, तपस्या र बलिदानबाट पार्टी निर्माण भएको बताउँदै उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।

पूर्वसभापति देउवा पक्षले शनिबार आयोजना गरेको ललितपुर जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीको इतिहास, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे धारणा राखेका थिए ।

२०१४ सालमा सभापति सुवर्णशमशेरले विशेष महाधिवेशन बोलाएर बीपीलाई नेतृत्व सुम्पेको स्मरण गर्दै देउवाले यस पटक भने आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन गरिएको दाबी गरे । ‘मैले गगनजीलाई नियमित महाधिवेशन गराउँछु भनेको थिएँ । ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर भए विशेष महाधिवेशन गर्न सकिने व्यवस्था विधानमा छ । त्यस्तो हस्ताक्षरको प्रमाणीकरण नभई कसरी हुन्छ भनेर सोधें । तर, एकाएक विशेष महाधिवेशन गराएर सभापति भए,’ उनले भने ।

कांग्रेस बीपी कोइरालाले निर्माण गरेको पार्टी भएको उल्लेख गर्दै उनले यसको इतिहास र योगदानलाई कसैले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न नसक्ने जनाए । बीपीका छोरा शशांक, गणेशमान सिंहका छोरा प्रकाशमान तथा महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले पार्टीको ऐतिहासिक विरासत आफ्नो पक्षमा रहेको समेत बताए ।

‘अब मलाई केही चाहिएको छैन । तर, नमरुञ्जेलसम्म प्रजातन्त्रका लागि लड्ने कर्तव्य मेरो हो । पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीलाई मैले ज्यान दिन पनि तयार हुनुपर्छ,’ देउवाले भने, ‘कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । लामो त्याग, तपस्या र बलिदानले बनाएको पार्टीमा प्रतिनिधिहरूले बाहेक अरू कसैले हाइज्याक गर्न सक्दैनन् ।’

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’

गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस क...

#पूर्वसभापति #सक्दैन #देउवा
Compare →
Nagarik News
4h ago
अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।

#कसै #सक्दैन #देउवा
Compare →
Onlinekhabar
1d ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612